नेभिगेशन
समाज

सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले भने, “सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ । विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन तपाईहरु क्रियाशिल हुनु पर्छ ।”

Ncell
Extreme Energy

सभापति देउवाले कर्मचारी युनियन सबै राष्ट्र सेवक कर्मचारीहरूको अभिभावक भएर नेतृत्वदायी भूमिकामा बस्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुलुकको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको शुभेच्छुक संस्था भएका कारण नेपाल निजामती कर्मचारी युनियनको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहेको विश्वास व्यक्त गरेका छन् । शासकीय क्षमता अभिवृद्धि गर्न राज्यले बनाउने नीतिहरूमा छलफल एवम् बहस पैरवी गर्न पनि युनियनको रचनात्मक भूमिका आवश्यक पर्ने बताए । उनले हरेक निकायमा इमानदार र कत्र्यव्यनिष्ठ कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राखेका थिए ।

स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेसागत दक्षता भएका, इमानदार र सेवामैत्री कर्मचारीको छनोटमा वकालत गर्न युनियनको सार्थक उपस्थिति बलियो हुनुपर्ने सभापति देउवाको भनाइ थियो । उनले भने, “कर्मचारीका आधारभूत आवश्यकतासँग जोडिएका समस्यामा सरकारको ध्यान जाने नै छ । म र मेरो पार्टीको सदैव सहयोग रहन्छ ।”

नेपालको लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै सङ्घर्षमा कर्मचारी युनियनको अग्रणी भूमिका रहँदै आएको र यसले कर्मचारीको हक हित तथा रक्षाका लागि आवाज बुलन्द गर्दै नेपालको ड्रेड युनियन आन्दोलनमा नयाँ ऊर्जा थपिएको सभापति देउवाले बताए । उनले निजामती सेवा ऐन, २०६४ जारी गराउन खेलेको नेतृत्वदायी भूमिका विशेष स्मरणीय रहेको र यो ऐन बनेपछि कर्मचारीको पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा नयाँ ढोका खोलेको बताए । निजामति विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले चासोपूर्वक लिएको र कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।

युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारी ट्रेड यूनियनले सुशासन, प्रवद्र्धन, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सङ्घीय निजामति सेवा विधेयकमा रहेका कमजोरीलाई सच्याएर विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

युनियनका निवर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले संवैधानिक निकायलगायत महत्वपूर्ण निकायमा लोकतन्त्रवादी कर्मचारीको उपस्थिति बलियो हुन नसकेको बताए । सो अवसरमा सभापति देउवाले युनियनले प्रकाशन गरेको ‘कर्मचारी’ नामक पुस्तकको विमोचन समेत गरेका थिए । कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष पोखरेल, उपसचिव दिपक रेग्मीलगायत विभिन्न ४२ व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।