नेभिगेशन
समाज

नेपाल र बंगलादेशबीच हुने खेलमा एन्फाले १० हजार टिकट बिक्रि गर्ने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्रि गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक हजार वटा टिकट बिक्रि गर्ने जनाएको हो । यसअघि एन्फाले सामान्य प्याराफिट तर्फ ७ हजार वटा टिकट बिक्रि गर्ने जनाएको थियो ।

Ncell
Extreme Energy

मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र समान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रूपैयाँ तोकिएको छ । दुवै खेलको बिजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् । यदि दुवै खेलबाट समग्रमा नजिता नआए दोश्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत बिजेता तय गरिने उनले बताए ।

त्यस्तै, उनले मैत्रीपूर्ण फुटबलका लागि सवै तयारी पुरा भएको उल्लेख गर्दै प्रतियोगीताको कुल अनुमानीत बजेट रु १ करोड २७ लाख ५८ हजार रहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ?

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ?

आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँगको सहकार्य, युवा...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।