नेभिगेशन
मुख्य समाचार

ठूला चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलन गर्ने माओवादी केन्द्र तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ठूला चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएको र सुशासन समेत कमजोर भएकाले चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरुपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा जनमत सिर्जना गर्दै जान उनले बताए ।

त्यस्तै बैठकले भाद्र २१ गतेबाट पुनः सुरु हुने पार्टीको मध्य पहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको उनले जानकारी दिए । उनले अभियानका सन्दर्भमा ठुला सभाभन्दा पनि अन्तरक्रिया, अन्तरसंवादमा जोड दिने निर्णय भएको उल्लेख गरेका छन् । प्रवक्ता सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अध्ययन गर्ने उल्लेख गर्दै प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको देखिएको बताए ।

बैठकमा स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफल भएको र त्यस बिषयमा पछि निर्णय हुने उनले उल्लेख गरेका छन् । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेकपाबीचको एकताका लागि भइरहेको छलफलका बारेमा जानकारी गराएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...