नेभिगेशन
समाज

ठूला चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलन गर्ने माओवादी केन्द्र तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ठूला चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएको र सुशासन समेत कमजोर भएकाले चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरुपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा जनमत सिर्जना गर्दै जान उनले बताए ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले भाद्र २१ गतेबाट पुनः सुरु हुने पार्टीको मध्य पहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको उनले जानकारी दिए । उनले अभियानका सन्दर्भमा ठुला सभाभन्दा पनि अन्तरक्रिया, अन्तरसंवादमा जोड दिने निर्णय भएको उल्लेख गरेका छन् । प्रवक्ता सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अध्ययन गर्ने उल्लेख गर्दै प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको देखिएको बताए ।

बैठकमा स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफल भएको र त्यस बिषयमा पछि निर्णय हुने उनले उल्लेख गरेका छन् । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेकपाबीचको एकताका लागि भइरहेको छलफलका बारेमा जानकारी गराएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।

भर्खरै