नेभिगेशन
समाज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लेउ -पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले सरकारले सामाजिक सञ्जाल बन्द गर्नेगरी गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । बिहीबारबाट लागू हुनेगरि सरकारले फेसबुक, ट्विटर, युटुवसहितका २८ प्रकारका सामाजिक सञ्जाल निष्कृय गर्ने निर्णय गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेको भन्दै महासंघले तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ । सामाजिक नियमन जरुरी भए पनि सरकारले चालेको कदम गलत भएको महासंघले जनाएको छ । 

Ncell
Extreme Energy

‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबार देखि नै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासंघ असहमति जनाउँदछ, ’महासंघका महासचिव रामप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ । महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा छ । तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार गर्दैन ।

अतः नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन महासंघ सम्बद्ध पक्षसँग जोडदार माग गर्दछ । ’
mahasangh-bigyapti-1756987263.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...