नेभिगेशन
मुख्य समाचार

धनराज जोडिएको मितेरी सहकारीको १४ करोड हिनामिना मुद्दामा अध्यक्ष कुम्भराज ३५ लाख धरौटीमा छुटे

काठमाडौँ । कांग्रेस उपसभापति धनराज गुरुङ समेत जोडिएको ललितपुरको मितेर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ पनि ३५ लाख धरौटीमा छुटेका छन् ।  १४ करोड २९ लाख रुपैयाँ हिनामिनाको आरोपमा फरार प्रतिवादी बनाइका कुम्भराज बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकामा बिहीबार ३५ लाख धरौटीमा रिहा भएका हुन् । 

कांग्रेस उपसभापति तथा सांसद धनराजकी पूर्वपत्नी  ज्योति गुरुङ मितेरी सहकारीकी महाप्रबन्धक समेत रहेकी थिइन् । उनीसहितको समूहले सहकारीको रकम  मिटरब्याज तथा क्रिप्टोमा लगानी गरी हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सहकारीमा समस्या आएपछि मुद्दाबाट जोगिन धनराजले कागजी सम्बन्ध विच्छेद गरेका थिए । अहिले ज्योति फरार रहेकी छिन् । 

सोही सहकारीको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ज्योति भण्डारी र सुवास खत्री भने कारागार चलान भएका छन् । उनीहरूले ज्योति गुरुङमार्फत सहकारीको पैसा हिनामिना गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...