नेभिगेशन
समाज

निजामती सेवा दिवसका अवसरमा वृक्षरोपण

काठमाडौँ । निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन । निजामती सेवा दिवसको पूर्वसन्ध्यामा शुक्रबार आयोजित उक्त कार्यक्रममा ऊर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटोछरितो रुपमा आमनागरिकलाई सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो हकअधिकारको संरक्षण गर्दैगर्दा दायित्वलाई नबिर्सनसमेत आग्रह गरेका छन् ।

Ncell
Extreme Energy

ऊर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेङ्गी नियन्त्रण र सरसफाइ अभियानलाई सञ्चालन गर्दै आएको बताए । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुने भन्दै यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढङ्गले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बताइन ।

मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम गर्दै आएको उनले बताइन । कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतलगायतकाले सहभागिता जनाएका थिए ।

त्यस्तै, शुक्रबार देखि सिंहदरबाभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेङ्गी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त टोलीले सिंहदरबाभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...