नेभिगेशन
मुख्य समाचार

‘अमेरिकासँग डराएर विज्ञप्तिमा कर्मचारीको नाम नलेखिएको होइन’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल बन्दको निर्णय गर्न सरकार कुनै पनि शक्ति राष्ट्रसँग नझुकेको स्पष्ट पारेको छ । बिहीबार सञ्चार मन्त्रालयले अमेरिकी कम्पनी मेटाका फेसबुक, इन्स्टा तथा एक्स र युटुवसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । 

सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिन सञ्चार मन्त्रालयबाट भएको उक्त निर्णयमा कुनै पनि अधिकारीको आधिकारीक हस्ताक्षर थिएन । मन्त्रालयको छाप मात्रै भएको उक्त निर्णयलाई कतिपयले अमेरिकाको भिसा नीतिसँग मन्त्रालय डराएको अर्थमा जोडेर चर्चा गरेका थिए । अमेरिकाले आफ्नो देशको कुनै पनि कम्पनी वा समाजिक सञ्जाल वा माध्यामलाई हानी गर्ने, रोक्ने वा छेक्नेलाई प्रवेशाज्ञा नदिने घोषणा गरेको छ । 

सरकारले शुुक्रबार बन्द गरेका मध्ये प्रमुख चल्तीका झण्डै आधा दर्जन सामाजिक सञ्जाल अमेरिकी कम्पनीका छन् । फेसबुुक, इन्स्टा, म्यासेन्जर, ह्वाट्सएपको माउ कम्पनी मेटा, एक्स, युुटुुव लगायतका प्लेटफर्म अमेरिकी कम्पनी हो । 

सामाजिवक सञ्जाल नेपालमा दर्ता हुनुुपर्छ भन्ने सरकारको मान्यता र निर्णयमा मन्त्रालय दृढ रहेको र कसैसँग पनि डराएको भन्ने कुरा सहि नभएको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए । 

‘अमेरिकाको भिसा नीतिसँग डराएर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयामा आधिकारीक अधिकारीको नाम नलेखिएको कुरा सहि होइन’ प्रवक्ता ठाकुरले भने,‘सधै यसैगरी सूचना प्रशारण गर्ने गरिन्छ । मन्त्रालयको आधिकारीक छाप भएपछि भइहाल्यो नी ।’

यस्ताे छ सूचना: 

samajik-sanjal-banda-suchana-1757061949.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तराई/मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो । मन्त्री घिसिङले...
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...