नेभिगेशन
समाज

‘अमेरिकासँग डराएर विज्ञप्तिमा कर्मचारीको नाम नलेखिएको होइन’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल बन्दको निर्णय गर्न सरकार कुनै पनि शक्ति राष्ट्रसँग नझुकेको स्पष्ट पारेको छ । बिहीबार सञ्चार मन्त्रालयले अमेरिकी कम्पनी मेटाका फेसबुक, इन्स्टा तथा एक्स र युटुवसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिन सञ्चार मन्त्रालयबाट भएको उक्त निर्णयमा कुनै पनि अधिकारीको आधिकारीक हस्ताक्षर थिएन । मन्त्रालयको छाप मात्रै भएको उक्त निर्णयलाई कतिपयले अमेरिकाको भिसा नीतिसँग मन्त्रालय डराएको अर्थमा जोडेर चर्चा गरेका थिए । अमेरिकाले आफ्नो देशको कुनै पनि कम्पनी वा समाजिक सञ्जाल वा माध्यामलाई हानी गर्ने, रोक्ने वा छेक्नेलाई प्रवेशाज्ञा नदिने घोषणा गरेको छ । 

Ncell
Extreme Energy

सरकारले शुुक्रबार बन्द गरेका मध्ये प्रमुख चल्तीका झण्डै आधा दर्जन सामाजिक सञ्जाल अमेरिकी कम्पनीका छन् । फेसबुुक, इन्स्टा, म्यासेन्जर, ह्वाट्सएपको माउ कम्पनी मेटा, एक्स, युुटुुव लगायतका प्लेटफर्म अमेरिकी कम्पनी हो । 

सामाजिवक सञ्जाल नेपालमा दर्ता हुनुुपर्छ भन्ने सरकारको मान्यता र निर्णयमा मन्त्रालय दृढ रहेको र कसैसँग पनि डराएको भन्ने कुरा सहि नभएको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए । 

‘अमेरिकाको भिसा नीतिसँग डराएर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयामा आधिकारीक अधिकारीको नाम नलेखिएको कुरा सहि होइन’ प्रवक्ता ठाकुरले भने,‘सधै यसैगरी सूचना प्रशारण गर्ने गरिन्छ । मन्त्रालयको आधिकारीक छाप भएपछि भइहाल्यो नी ।’

यस्ताे छ सूचना: 

samajik-sanjal-banda-suchana-1757061949.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...