नेभिगेशन
सिधाकुरा विशेष

जेन–जी पुस्ताले टिकटकबाट सुरु गरेको विद्रोह !

‘हामीले तिरेको कर कहाँ गयो ? हामीले तिरेको करमा नेता र उच्च पदस्थका छोराछोरीको मोज गर्ने ? एक्सपोज ‘नेपो किड’ वा ‘नेपो बेबिज्’ !’

काठमाडौँ । ‘हामीले तिरेको कर कहाँ गयो ? हामीले तिरेको करमा नेता र उच्च पदस्थका छोराछोरीको मोज गर्ने ? एक्सपोज ‘नेपो किड’ वा ‘नेपो बेबिज्’ !’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामी सयौँ माइल हिड्छौँ ता कि उनीहरु उड्न सकुन्’
‘हाम्रा बच्चाहरु बोरा बोक्दै छन् ताकी उनीहरुका छोराछोरी लाखौँको ब्याग बोकुन्’
'हामी खोलाको पानी खाँदै छौँ ताकि उनीहरु पार्टीमा स्याम्पेन बगाउन सकुन्'
'हामी सिस्नुको सागसँग ढिडो खाँदै छौँ ताकि उनीहरु लक्जरी होटलमा क्यान्डल लाइट डिनर गरुन्'
'हामी झुपडीमा बस्दै छौँ ता कि उनीहरु महलमा बस्न सकुन्'
'हामी खालीखुट्टा हिडिरहेका छौँ ताकि उनीहरु ब्रण्डेड जुत्ता लगाउन सकुन्'
'हामी यहाँ मोमोको झोलमा झगडा गर्दै छौँ उनीहरुका छोराछारी इटालियन पिज्जा खाँदै छन् ।'

Ncell
Extreme Energy

यी र यस्ता कन्टेन्टहरु तपाईहरुको टिकटकमा देखिरहनु भएको होला । तपाईंका फिडमा आएको छैन भने पनि एक पटक ‘नेपो किड’ खोज्नुहोला । त्यहाँ देखिन्छ ‘एक्सपोज’ ट्रेन्ड कुन तहमा चलिरहेको छ भन्ने कुरा । 

केही दिनदेखि टिकटकमा चलेको यो ट्रेन्ड अहिले सरकारले बन्द गरेको एक्स र फेसबुकमा समेत छरपष्ट भइरहेको छ ।  

यो ति नेपो किड लक्षीत आन्दोलन हो, जो बिना कुनै मेहनत आलिसान जिन्दगी बिताईरहेका छन् । यो ट्रेन्डले बाउ आमाको नाम र दाममा बिना कुनै मेहनत लक्जरियस र ल्याभिस लाईफ बिताईरहेका र सामाजिक सञ्जालमा फूर्ति, देखाउने सो अफ गर्ने रिच किडहरुको निद हराम गराएको छ ।

सामाजिक सञ्जालमा सक्रिय युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध फरकखाले आन्दोलन एक्पोज नेपो किड अथावा नेपो बेबिज  पछिल्लो चारदिन चर्कीएको छ । 

‘नेपो किड’, वा ‘नेपो बेबी’, एक सेलिब्रेटी वा सार्वजनिक व्यक्तित्वको बच्चालाई सम्बोधनका लागि प्रयोग गरिने शब्द हो । यसले ति व्यक्तिहरुलाई बुझाउँछ जसले आफ्नो परिवारको प्रसिद्धि र सम्बन्धको फाइदा उठाएर बिना कुनै मेहनत सम्बन्धित क्षेत्रमा सफलता प्राप्त गरेका छन् । ‘नेपो’ शब्द नातावादको संक्षिप्त रूप हो, जसले जागिर वा अन्य सुविधाहरूको लागि परिवारका सदस्यहरूलाई पक्षपात गर्ने अनुचित अभ्यासलाई जनाउँछ । यो ट्रेन्डमा नेपो किड भनेर ति छोराछोरीलाई जनाउन खोजिएको छ जसको बाबुआमा पावरफुल भएकै कारण उनीहरुले निकै हाइफाई र ल्याभिस लाइफ जिरहेका छन् ।

जनताले दुःख गरेर तिरेको करमा नेता र उच्च पदस्थले भ्रष्टाचार गरेर आफ्ना छोराछोरीलाई उच्च गुणस्तरीय जीवनयापन गराई रहेको भन्दै त्यसको खुलासा गर्न नयाँ ट्रेन्ड चलाइएको टिकटकमा देखिन्छ । 
टिकटकमा व्यापक बनाइएको उक्त ट्रेन्डमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीर, जयवीरकी श्रीमती, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीहरू विरुद्ध धेरै पोष्ट गरिएको देखिएको छ ।

यस्तै, समाजवादी पार्टीका नेता विरोध खतिवडा र उनकी छोरी एवम् पूर्व मिस नेपाल शृङ्खला खतिवडा विरुद्ध पनि ब्यापक आलोचनासहितको पोस्टहरू टिकटकमा गरिएको भेटिएको छ । 

अझ केही त यस्ता छोराछोरीहरु छन् जो नेताका तथा उच्च पदस्थका सन्तान हुन् भन्ने कमैलाई थाहा थियो । ति सबै व्यक्तिहरु अहिले यो ट्रेन्डमार्फत एक्पोज भएका छन् । 

यस्तै, केपी ओली सरकारको भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा सरकारले जनताको मुख बन्द गराउन सामाजिक सञ्जाल बन्द गराउन लागेको भन्दै एक भएर जेनजी पुस्ता उभिनुपर्ने माग पनि टिकटकमा गरिएको छ । 

टिकटका एमाले नेताहरू महेश बस्नेतको छोरीको विवाह, नेकपा एकिकृत समाजवादीका नेता एकनाथ ढकालकी छोरीको व्यक्तिगत घुमघामको तस्विर पनि प्रयोग गर्दै त्यसलाई भ्रष्टाचारसँग जोडिएको छ । 

यि सबै पोष्टहरुमा उनीहरुको उच्च गुणस्तरको जीवनयपनलाई नेपालको गरिबी र दुःखको कारण भन्दै  भ्रष्टाचार विरुद्धको अभियान भनेर चर्चा गरिएको छ । तर, यसरी पोष्ट भएका एकाउण्टहरु थोरै जसो विदेशमा रहेका नेपाली, केही नेपालमै रहेका युवा पुस्ता र केही छद्म नामका देखिएका छन् । 

इन्डोनेसियामा पनि सरकार विरुद्ध यस्तै ट्रेण्डबाट सुरु भएको विद्रोह सफल भएको भन्दै त्यो नेपालमा पनि सम्भव भएको भन्दै पोष्टहरु पनि टिकटकमा उल्लेख गरिएको छ ।
 
यो ट्रेन्ड टिकटकमा मात्रै सिमित छैन । देशव्यापी आन्दोलनका रुपमा घोषणा गरिएको छ । ‘कहाँ गयो हामीले तिरेको कर ?’, ‘हामीले तिरेको करमा नेता र उच्च पदस्थका छोराछोरीको मोज’ जस्ता शीर्षकको खुला अभियानले २३ गते सोमबारका लागि देशव्यापी आन्दोलन घोषणा गरिएको छ । 

उनीहरुले सोमबार माइतिघरदेखि बानेश्वर क्षेत्रमा जम्मा भई आन्दोलन गर्ने उल्लेख गरेका छन् । उनीहरुको यो ट्रेन्डले सबैतिरबाट समर्थन पाईरहेको छ । सरकारले बन्द गरेको फेसबुक, ट्वीटर, इनटाग्राममा समेत सो ट्रेनडलाई समर्थन बढी रहेको छ । 

टिकटकमा व्यापक गराइएको सो ट्रेण्डका युजरले युवाहरूलाई यो अन्तिम पटक भन्दै सोमबार बिहान ९ बजे काठमाडौँको माइतिघर र पोखराको सभागृह चोक अघि भेला हुन आह्वान गरेको छ । त्यसैगरी चीतवन लगायतका अन्य शहरमा पनि स्थान तोकिएको छ । श्रीलंका, बंगलादेश, इन्डोनेसिया, फिलिपिन्को उदाहरण दिदै यसलाई अन्तिम आन्दोलन बताईरहेका छन् । उनीहरुले कस्तो आन्दोलन गर्छन् हेर्न बाँकी नै छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...