नेभिगेशन
समाज

बानेश्वरमा सेना परिचालन

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो । नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गरेको थियो ।

Ncell
Extreme Energy

प्रदर्शनकारी अराजक भई संसद् भवन प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । 

प्रदर्शनका क्रममा एक प्रहरी नायब उपरीक्षक, एक प्रहरी निरीक्षकलगायत ३० भन्दा बढी प्रहरी र दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । सुरक्षाका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।

Sena-parichalan-1-1757323134.jpg

Sena-parichalan-1757323134.jpg

Sena-parichalan-2-1757323133.jpg

Sena-parichalan-3-1757323133.jpg

Sena-parichalan-5-1757323132.jpg

Sena-parichalan-4-1757323132.jpg

Sena-parichalan-6-1757323131.jpg

Sena-parichalan-7-1757323131.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

शनिबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा मृतककी जेठानी सरिता विकले दुर्घटनाको तीन दिन बित्दासमेत पीडित परिवारले न्याय नपाएको बताइन्। उनका अनुसार दुर्घटनापछि परिवार आर्थिक तथा मानसिक रूपमा गम्भीर संकटमा...
जब ममताले घरमै पाइन् नागरिकता

जब ममताले घरमै पाइन् नागरिकता

यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकमैत्री सेवा प्रवाहको उदाहरण प्रस्तुत गरेको छ । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको टोली स्वयं ममताको घरमै पुगेर आवश्यक कागजात...
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका...
बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले...