नेभिगेशन
मुख्य समाचार

काठमाडौँका बिभिन्न अस्पतालमा १४ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । 

यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

CG

सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ ।  एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत भने तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ । त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ ।

उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

“दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...
रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रशिद्ध बन्दै गएको छ । धार्मिक, सांस्कृतिक...