नेभिगेशन
समाज

जेन–जी आन्दोलनः देशभर १९ जनाको मृत्यु, ३४७ जना घाइते

काठमाडौँ । सोमबार काठमाडौँमा भएको जेन–जी आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् । देशभर दिनभरको घटनामा भएको हताहतिबारे एक विवरण जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनमा ३४७ जना घाइते भएका छन् । यो विवरण साँझ ६ बजेसम्मको हो । 

Ncell
Extreme Energy

जसअनुसार सिभिल अस्पताल नयाँ बानेश्वरमा १ सय जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको विवरण सिधाकुरालाई प्राप्त छ । 

एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा ३ जनाको मृत्यु भएको छ भने १ सय २ जना घाइते उपचाररत छन् । जसमध्ये ८ जनालाई रिफर गरिएको अस्पतालले जनाएको छ । 

राष्ट्रिय ट्रमा सेन्टर भोटाहिटीमा ८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँ ५९ जना घाइतेको उपचार चलिरेहेको छ । 

त्यस्तै काठमाडौँ मेडिकल कलेजमा २ जनाको मत्यु भएको छ भने ३७ जना घाइतेको उपचार जारी छ । 

टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचाररत छन् । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते उपचाररत छन् । 

झापाको दमक अस्पतालमा ७ र विराट मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको छ । 
गण्डकी मेडिकल कलेजमा १ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।