नेभिगेशन
मुख्य समाचार

जेन–जी आन्दोलनः देशभर १९ जनाको मृत्यु, ३४७ जना घाइते

काठमाडौँ । सोमबार काठमाडौँमा भएको जेन–जी आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् । देशभर दिनभरको घटनामा भएको हताहतिबारे एक विवरण जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो । 

आन्दोलनमा ३४७ जना घाइते भएका छन् । यो विवरण साँझ ६ बजेसम्मको हो । 

CG

जसअनुसार सिभिल अस्पताल नयाँ बानेश्वरमा १ सय जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको विवरण सिधाकुरालाई प्राप्त छ । 

एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा ३ जनाको मृत्यु भएको छ भने १ सय २ जना घाइते उपचाररत छन् । जसमध्ये ८ जनालाई रिफर गरिएको अस्पतालले जनाएको छ । 

राष्ट्रिय ट्रमा सेन्टर भोटाहिटीमा ८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँ ५९ जना घाइतेको उपचार चलिरेहेको छ । 

त्यस्तै काठमाडौँ मेडिकल कलेजमा २ जनाको मत्यु भएको छ भने ३७ जना घाइतेको उपचार जारी छ । 

टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचाररत छन् । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते उपचाररत छन् । 

झापाको दमक अस्पतालमा ७ र विराट मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको छ । 
गण्डकी मेडिकल कलेजमा १ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

“दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...
रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रशिद्ध बन्दै गएको छ । धार्मिक, सांस्कृतिक...