नेभिगेशन
सबै कुरा

आफ्नो परीक्षा अर्कैलाई दिन लगाएर स्ववियू सभापतिको पोखरामा मस्ती

१० भदौ, सर्लाही- सलार्हीको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीका स्ववियू सभापति प्रेमराज दाहालले आफ्नो स्नातकको परीक्षा अर्कैलाई दिन लगाएर सम्पर्कविहिन भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मानविकी संकायअन्तर्गत स्नातक तहको परीक्षामा सामेल हुनुपर्ने स्ववियू सभापति प्रेमराज दाहाल आफ्नो परीक्षा विष्णुकुमार श्रेष्ठलाई दिन लगाएर आफू भने सम्पर्कविहिन बनेका हुन् । आइतबार परीक्षा केन्द्र शुभजनता क्याम्पस बरहथवाबाट परीक्षा दिने क्रममा नक्कली परिक्षार्थी विष्णुकुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले नियन्त्रणमा लिएको हो । स्राेतका अनुसार प्रेमराज दाहाल यतिबेला पोखरामा छन्। 

Extreme Energy

विष्णुकुमार श्रेष्ठलाई नियन्त्रण लिने प्रहरी अधिकृत भन्छन्, ‘नियन्त्रणमा लिइएका नक्कली विद्यार्थीले आफू स्ववियू सभापति प्रेमराज दाहालको परीक्षा दिन आएको बताएका छन् । साथै उनले दाहालको प्रवेशपत्रकाे फाेटाे मोबाइलमा खिचेर परीक्षा दिन पुगेका थिए ।’

प्रेमराज दाहाल माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...