नेभिगेशन
सबै कुरा

आफ्नो परीक्षा अर्कैलाई दिन लगाएर स्ववियू सभापतिको पोखरामा मस्ती

१० भदौ, सर्लाही- सलार्हीको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीका स्ववियू सभापति प्रेमराज दाहालले आफ्नो स्नातकको परीक्षा अर्कैलाई दिन लगाएर सम्पर्कविहिन भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मानविकी संकायअन्तर्गत स्नातक तहको परीक्षामा सामेल हुनुपर्ने स्ववियू सभापति प्रेमराज दाहाल आफ्नो परीक्षा विष्णुकुमार श्रेष्ठलाई दिन लगाएर आफू भने सम्पर्कविहिन बनेका हुन् । आइतबार परीक्षा केन्द्र शुभजनता क्याम्पस बरहथवाबाट परीक्षा दिने क्रममा नक्कली परिक्षार्थी विष्णुकुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले नियन्त्रणमा लिएको हो । स्राेतका अनुसार प्रेमराज दाहाल यतिबेला पोखरामा छन्। 

Ncell
Extreme Energy

विष्णुकुमार श्रेष्ठलाई नियन्त्रण लिने प्रहरी अधिकृत भन्छन्, ‘नियन्त्रणमा लिइएका नक्कली विद्यार्थीले आफू स्ववियू सभापति प्रेमराज दाहालको परीक्षा दिन आएको बताएका छन् । साथै उनले दाहालको प्रवेशपत्रकाे फाेटाे मोबाइलमा खिचेर परीक्षा दिन पुगेका थिए ।’

प्रेमराज दाहाल माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...