नेभिगेशन
सबै कुरा

व्यापारीसँग फिरौती माग्ने दुईजना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर रु पाँच लाख फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । व्यापारीसित फिरौती माग्ने बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दैआएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपालिका– ३ बस्ने २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरी जोशी र साउदलाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट खुकुरी, चक्कु, विभिन्न कम्पनीको सिमकार्ड, मोबाइल सेटलगायतका सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । 

City Express

“अभियुक्तद्वयले विभिन्न व्यापारीको सूचि तयार गरेर डरधम्की दिएर फिरौती रकम माग गर्ने गरेको पाइयो”, उहाँले भन्नुभयो–“व्यापारीले रु तीन लाख दिने तयारीगरेसँगै हामीले अभियुक्तद्वयलाई नियन्त्रणमा लिएका हौँ ।” मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २१ को दफा दुई सय ५३ बमोजिम आवश्यक कारबाहीका लागि मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

इजरायलले पहिले नै विनाश भइसकेको उत्तर क्षेत्रमा सैन्य अभियानलाई विस्तार गर्दै जाँदा गाजामा प्यालेस्टिनी मृतकको सङ्ख्या ६५ हजार नजिक पुगेको छ । “गाजामा देखिएको अवस्था केवल अभूतपूर्व मानवीय...
कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।...
कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी...