नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँको आन्दोलनमा आएका महिलाहरूलाई मध्यरातमा युवा संघले लखेट्याे

काठमाडाैँ । दुर्गा प्रसाईँको आन्दोलनमा आएको भन्दै मंगलबार राति सुतिरहेका महिलाहरूलाई उठाएर खेदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर  तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै याचना गरिरहेकाे देखिन्छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिडियाेमा महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनिरहेकाे सुनिन्छ । तर  ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको भिडियोमा प्रस्ट सुनिन्छ । भिडियोमा आफूलाई युवा संघको बताउने युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ । भिडियोको अन्तिममा ‘दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनिनएको छ ।

Ncell
Extreme Energy

प्रसाईँको संयोजकत्वमा भोलि हुने कार्यक्रमका लागि काठमाडौँ बाहिर बाट आएका सर्वसाधारणलाई युवा संघले खेदेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियानका सचिवालय सदस्य विजय कँडेलले बताउँछन् ।

उनका अनुसार सिन्धुपाल्चोक लगायतका जिल्लाबाट आएकाहरुलाई कोटेश्वरमा दुर्व्यवहार गरिएको छ भने अन्य जिल्लाबाट आएर विभिन्न पार्टी प्यालेसमा बसेकाहरूलाई मध्यरातमा निकालिएको छ ।

जडिबुटीको इन्देणी पार्टी प्यालेस र चाबहिलको एचआर पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूलाई उठाएर बाहिर पठाइएको देखिन्छ । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा युवा संघको चर्को आलोचना भैरहेको छ । तर युवा संघले भने आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले यस्तो अमानवीय घटना गर्न युवा संघको निर्देशन नभएको बताए । थेवेले युवा संघको नाम पारेर कसैले व्यक्तिगतरुपमा गरेको हुन सक्ने भएकाले अहिले प्रहरीको सहयोग मागेर बुझ्न लागेको बताए ।

काठमाडौँ प्रहरी परिसरले भने मनोहरा खोला छेउको पार्टी प्यालेस भनिएपनि थप बुझ्ने काम भैरहेको जनाएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...