नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँको आन्दोलनमा आएका महिलाहरूलाई मध्यरातमा युवा संघले लखेट्याे

काठमाडाैँ । दुर्गा प्रसाईँको आन्दोलनमा आएको भन्दै मंगलबार राति सुतिरहेका महिलाहरूलाई उठाएर खेदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर  तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै याचना गरिरहेकाे देखिन्छ ।  

भिडियाेमा महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनिरहेकाे सुनिन्छ । तर  ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको भिडियोमा प्रस्ट सुनिन्छ । भिडियोमा आफूलाई युवा संघको बताउने युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ । भिडियोको अन्तिममा ‘दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनिनएको छ ।

CG

प्रसाईँको संयोजकत्वमा भोलि हुने कार्यक्रमका लागि काठमाडौँ बाहिर बाट आएका सर्वसाधारणलाई युवा संघले खेदेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियानका सचिवालय सदस्य विजय कँडेलले बताउँछन् ।

उनका अनुसार सिन्धुपाल्चोक लगायतका जिल्लाबाट आएकाहरुलाई कोटेश्वरमा दुर्व्यवहार गरिएको छ भने अन्य जिल्लाबाट आएर विभिन्न पार्टी प्यालेसमा बसेकाहरूलाई मध्यरातमा निकालिएको छ ।

जडिबुटीको इन्देणी पार्टी प्यालेस र चाबहिलको एचआर पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूलाई उठाएर बाहिर पठाइएको देखिन्छ । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा युवा संघको चर्को आलोचना भैरहेको छ । तर युवा संघले भने आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले यस्तो अमानवीय घटना गर्न युवा संघको निर्देशन नभएको बताए । थेवेले युवा संघको नाम पारेर कसैले व्यक्तिगतरुपमा गरेको हुन सक्ने भएकाले अहिले प्रहरीको सहयोग मागेर बुझ्न लागेको बताए ।

काठमाडौँ प्रहरी परिसरले भने मनोहरा खोला छेउको पार्टी प्यालेस भनिएपनि थप बुझ्ने काम भैरहेको जनाएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।