नेभिगेशन
सबै कुरा

ओली र प्रचण्ड आफैँले उमारेका ‘अरेली काँडो’ दुर्गा प्रसाईँ, च्वास्स–च्वास्स घोचिरहन्छन्

काठमाडौं । कुनै बेला ग्रिल उद्योगमा काम गर्ने, भैँसी फार्म चलाउने दुर्गा प्रसाईँ २०६४ पछि घरजग्गा व्यवसायमा लागेका थिए । पहिले माओवादीमा सक्रिय रहेर जेल परेको दावी गर्ने प्रसाईँको अवस्था घरजग्गा कारोवारले ह्वात्तै उकास्यो । उनको सम्बन्ध प्रचण्डसँग प्रगाढ बन्दैै गयो । उनले ओली र प्रचण्डलाई आफ्नो घरमा मार्सी भात खुवाएर माओवादी र एमालेको एकता गर्न छलफल गर्ने वातावरण बनाए । पछि उक्त छलफल सफल समेत भयो । तर नेकपा फुट्यो । प्रसाईँ ओली निकट देखिन थाले । ओलीले तामझामसाथ एमालेमा भित्र्याएर केन्द्रीय सदस्य बनाए । तर निर्वाचनमा टिकट नपाएपछि प्रसाईँ ओलीसँग पनि बिच्किए । अहिले उनी राजावादी भएका छन् । माओवादी, एमाले हुँदै राजावादी बनेका प्रसाईँ अहिले प्रचण्ड र ओली दुबैको लागि ‘अरेली काँडो’ बनेका छन् । उनले पीडित जनतालाई उचालेर व्यवस्था ढाल्ने धम्की दिईरहेका छन् । उनको यो धम्कीमा प्रतिक्रिया जनाएर प्रधानमन्त्री प्रचण्डले डराएको महसुस गराए । यता ओलीले पनि उनीविरुद्ध अभिव्यक्ति दिएपछि एमालेमा पनि ठूलै धक्का परेकोजस्तो गराईदिए । निर्णायक आन्दोलनमा होमिएको दावी गर्ने प्रसाईँले व्यवस्था परिवर्तनको धाक दिएपनि सम्भव छैन भन्ने सबैले बुझेका छन् । तैपनि एउटा व्यक्तिको धम्कीसँग सरकारको नेतृत्वकर्ता र प्रमुख पतिपक्षी समेत प्रतिकारमा उत्रनुले भने प्रसाईँको घमण्ड झनै बढाएको छ । दुर्गा प्रसाईँले उनीहरुलाई अझै सताईरहने निश्चित छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...