नेभिगेशन
सबै कुरा

सरकारले गर्यो जन्ममिति विवादित नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सञ्चारमन्त्री रेखा शर्माका अनुसार बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो । उमेर विवादमा आएपछि राजीनामा बुझाएका पाण्डेको कात्तिक २४ गतेबाट लागू हुने गरी राजीनामा स्वीकृत गरिएको हो ।

Ncell
Extreme Energy

नेपाली सेनाले उमेर छानबिनको विषय अगाडि बढाएपछि उनले राजनीमा बुझाएका थिए । 

रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठ्नु साथै अख्तियार दूरुपयोग अनुसन्धानमा समेत उजुरी परेपछि उनको उमेर छानबिन गर्न प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समितिको अध्ययनका क्रममा जन्ममितिमा कैफियत देखापरेपछि उनले उनले राजीनामा दिएका हुन्  । 

पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक फरक रहेको तथ्यहरु विभिन्न संचार माध्यममा प्रकासन तथा प्रसारण भएका थिए । त्यसैका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उपरथी पाण्डेलाई छानबिन गर्न आयोगले मन्त्रालयलाई पत्र पठाएको थियो । 

उनले आफ्नो वास्तविक जन्ममिति २३ मंसिर २०२३  बताउँदै आएका छन् तर उनको शैक्षिक प्रमाणपत्रमा भने उनको जन्ममिति १२ माघ २०२१ रहेको छ । 

पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघिनै अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्षको छ । तर उनले आफ्नो नागरिकतामा उमेर घटाएर उपरथीमा कार्यरत थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो।

छानबिन सुरु भएसँगै कारबाहीमा पर्ने डरले प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथि पाण्डेले पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...

भर्खरै