नेभिगेशन
सबै कुरा

सरकारले गर्यो जन्ममिति विवादित नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सञ्चारमन्त्री रेखा शर्माका अनुसार बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो । उमेर विवादमा आएपछि राजीनामा बुझाएका पाण्डेको कात्तिक २४ गतेबाट लागू हुने गरी राजीनामा स्वीकृत गरिएको हो ।

Ncell
Extreme Energy

नेपाली सेनाले उमेर छानबिनको विषय अगाडि बढाएपछि उनले राजनीमा बुझाएका थिए । 

रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठ्नु साथै अख्तियार दूरुपयोग अनुसन्धानमा समेत उजुरी परेपछि उनको उमेर छानबिन गर्न प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समितिको अध्ययनका क्रममा जन्ममितिमा कैफियत देखापरेपछि उनले उनले राजीनामा दिएका हुन्  । 

पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक फरक रहेको तथ्यहरु विभिन्न संचार माध्यममा प्रकासन तथा प्रसारण भएका थिए । त्यसैका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उपरथी पाण्डेलाई छानबिन गर्न आयोगले मन्त्रालयलाई पत्र पठाएको थियो । 

उनले आफ्नो वास्तविक जन्ममिति २३ मंसिर २०२३  बताउँदै आएका छन् तर उनको शैक्षिक प्रमाणपत्रमा भने उनको जन्ममिति १२ माघ २०२१ रहेको छ । 

पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघिनै अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्षको छ । तर उनले आफ्नो नागरिकतामा उमेर घटाएर उपरथीमा कार्यरत थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो।

छानबिन सुरु भएसँगै कारबाहीमा पर्ने डरले प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथि पाण्डेले पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...

भर्खरै