नेभिगेशन
समाज

दुर्गाको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि बाँकेका ५ स्थानमा निषेधाज्ञा जारी

बाँके । जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय प्रशासनले शनिबार साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर–१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । 

Ncell
Extreme Energy

गत शुक्रबार दुर्गाको मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अहिले स्थिति सामान्य रहेको बताएका छन् । शनिबार सबै राजनीतिक दल तथा स्थानीय प्रतिनिधि, नागरिक अगुवासहितको छलफल भएको जानकारी दिँदै छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने, धार्मिक सद्भाव कायम गर्ने तथा प्रशासनको स्वीकृति विना  जुलुस, सभा, सम्मेलन, र्याली आयोजना नगर्ने सहमति भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...