नेभिगेशन
मुख्य समाचार

सप्तकोशी नदीमा जलवहाव उच्चः  कोशी ब्यारेजका ५६ ओटै ढोका खोलियो

सुनसरी । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ ।  जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी  भएपछि ५६ ढोका खोलिएको बताए । उनका अनुसार नदीमा निरन्तर जलमापन  भइरहेको छ ।

आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो ।  

CG

उनले भने, “पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन् ।” सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ ।

बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ब्रिटिश कलेज विवाद लुकाउन कलेज र आन्दोलनकारी जेनजी विद्यार्थीबीच पैसाको बार्गेनिङ (अडियो)

ब्रिटिश कलेज विवाद लुकाउन कलेज र आन्दोलनकारी जेनजी विद्यार्थीबीच पैसाको बार्गेनिङ (अडियो)

यस्तै, ति पूर्वविद्यार्थी ढकालले पनि पैसा दिए । अझ छिट्टै दिए सबै कुरा मिल्ने नत्र कलेजमा ताला लगाउने अवस्था आउने धम्की दिएको सुनिन्छ। उक्त अडियोमा कलेजमा चलिरहेको विवाद...
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

“दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...

भर्खरै