नेभिगेशन
सबै कुरा

केपी ओली कप राष्ट्रिय क्रिकेट : बागमती सेमिफाइनलमा

कास्की । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले लगातार दुई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्न सफल भयो । खेलमा टस जितेर व्याटिङ सुरु गरेको बागमतीले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा छ विकेटको क्षतिमा एक सय ८९ को विशाल योगफल तयार गरेको थियो ।

Ncell
Extreme Energy

बागमतीका गौतमले १० चौका र दुई छक्का हिर्काउँदै सर्वाधिक ८२ रन बनाए भने पाण्डेले चार चौका र छ छक्कासहित ७० रनको योगदान दिए । जवाफी व्याटिङ थालेको कर्णाली प्रदेश भने १७ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्रै जोड्न सक्यो ।

बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य भेट्टाउन सकस भएको थियो । बागमतीका दीपेश श्रेष्ठले दुई तथा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतीश जिसीले समान एकरएक विकेट लिए ।

 बागमतीले शुक्रबार उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी९रातो०लाई पराजित गरेको थियो । कर्णालीका दिनेश अधिकारीले तीन तथा दिवान पुन र अनुज चनाराले समान एकरएक विकेट लिए ।

कर्णालीका अर्जुन घर्तीले सर्वाधिक २४, विपिन शाहीले २१, कप्तान रवीन्द्र शाहीले २० र दीपेन्द्र रावतले १२ रनको योगदान दिए । बागमतीको समूहमा आयोजक रातो र कर्णाली प्रदेश रहेका छन् । बागमतीले आफ्नो समूहका दुवै खेल जितेको हो ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रू पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रू दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने एकेडेमीका अध्यक्ष ध्रुव्र आचार्यले जानकारी दिए । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमानुसार सञ्चालन भएको प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले ३० हजार, ‘बेस्ट बलर’ले २० हजार, र ‘म्यान अफ द म्याच’ले पाँच हजार पुरस्कार पाउनेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ...
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...

भर्खरै