नेभिगेशन
मुख्य समाचार

खोलाले बगाएर बालकको मृत्यु, दुई बालिका बेपत्ता

रौतहट । नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् । 

दिउँसो करिब २ बजे घरबाट नजिकै बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले बगाएको स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरी र सशस्त्र प्रहरी फतुवा बेसका सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर तामाङको टोलीले ४० मिनेटपछि बालकलाई फेला पारेको प्रवक्ता कार्कीले जानकारी दिए। बालकको उपचारका लागि राजपुर प्राथमिक उपचार केन्द्र राजपुर फरदहवामा ल्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको उनले बताए । 

CG

यसैबीच आजै दिउँसो देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा नुहाउन गएका दुई जना बालिका बेपत्ता भएका छन् । कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र सोही गाउँ बस्ने शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी आज दिउँसो करिब सावा २ बजेदेखि बेपत्ता भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । ती बालिका आफ्नो खेतको भँगालोमा नुहाउन गएको र खोजी कार्य तीव्र बनाइएको समेत उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

“दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...
रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रशिद्ध बन्दै गएको छ । धार्मिक, सांस्कृतिक...

भर्खरै