नेभिगेशन
मुख्य समाचार

वाइडबढी देखि नक्कली भुटानी शरणार्थी काण्डमा जोडिएका अख्तियार प्रमुख राईले राजीनामा दिनुको विकल्प छैन: जेनजी अभियन्ता

काठमाडौँ । जेनजी अभियन्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेर प्रमुख आयुक्त प्रेमकुमार राईलाई राजीनामाकालागि दबाब दिएका छन् । 

मंगलबार बिहान अख्तियार परिसरमा भेला भएका जेनजी युवाहरूले राई लगायतको नियुक्ति निरङ्कुश ढङ्गले भएकाले  भ्रष्टाचार नियन्त्रणमा राईको भूमिका निष्पक्ष नहुने भन्दै राजीनामा माग गरेका हुन् । उनीहरूले राईको नाममा वाइडबडीमा भएको भ्रष्टाचारमा राई मुछिएको तथा यो मुद्दाको अनुसन्धानमा समेत राई र अख्तियारमाथि प्रश्न उठेकाले भ्रष्टाचार नियन्त्रणमा निष्पक्ष भूमिका खेल्न नसक्ने बताएका छन् । 

अख्तियार प्रमुखसहित सबै आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियारमै निवेदन दर्ता

जेनजी अभियन्ताहरू अमित खनाल, रिजन  रानामगर, पेमा वाङ्मो लामा र मोनिका लगायतको युवाहरू अख्तियार पुगेका थिए । उनीहरूले जेनजी आन्दोलनका मुख्य माग नै भ्रष्टाचार र दण्डहीनताको अन्त्य भएकाले आयोगकै प्रमुख आयुक्त भ्रष्टाचारमा मुछिएको, असंवैधानिक तरीकारले नियुक्त गरिएको तथा भ्रष्टाचारका फाइलमा निष्पक्ष अनुसन्धान नगरेकाले प्रेम राईले जेनजी आन्दोलनको भावना बुझेर आफै राजीनामा दिनु पर्ने बताए । 

वाइडबढी काण्ड, भुटानी शरणार्थी काण्डमा स्पष्टरुपमा नाम जोडिएका व्यक्ती प्रमुख आयुक्तकारुपमा रहने कुरा अनैतिक भएकाले उनले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताए । राईले राजीनामा नदिएको खण्डमा थप योजना बनाएर आन्दोलनका बारेमा सोच्ने उनीहरूको भनाई  छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गरे ।...
चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव सङ्कलनका क्रममा आज चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका...
मधेश प्रदेशमा ललितकला कार्यशाला

मधेश प्रदेशमा ललितकला कार्यशाला

त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा...
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आइतबार ३३४ कम्पनीको एक करोड ३३ लाख...