नेभिगेशन
समाज

वाइडबढी देखि नक्कली भुटानी शरणार्थी काण्डमा जोडिएका अख्तियार प्रमुख राईले राजीनामा दिनुको विकल्प छैन: जेनजी अभियन्ता

काठमाडौँ । जेनजी अभियन्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेर प्रमुख आयुक्त प्रेमकुमार राईलाई राजीनामाकालागि दबाब दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बिहान अख्तियार परिसरमा भेला भएका जेनजी युवाहरूले राई लगायतको नियुक्ति निरङ्कुश ढङ्गले भएकाले  भ्रष्टाचार नियन्त्रणमा राईको भूमिका निष्पक्ष नहुने भन्दै राजीनामा माग गरेका हुन् । उनीहरूले राईको नाममा वाइडबडीमा भएको भ्रष्टाचारमा राई मुछिएको तथा यो मुद्दाको अनुसन्धानमा समेत राई र अख्तियारमाथि प्रश्न उठेकाले भ्रष्टाचार नियन्त्रणमा निष्पक्ष भूमिका खेल्न नसक्ने बताएका छन् । 

Ncell
Extreme Energy

अख्तियार प्रमुखसहित सबै आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियारमै निवेदन दर्ता

जेनजी अभियन्ताहरू अमित खनाल, रिजन  रानामगर, पेमा वाङ्मो लामा र मोनिका लगायतको युवाहरू अख्तियार पुगेका थिए । उनीहरूले जेनजी आन्दोलनका मुख्य माग नै भ्रष्टाचार र दण्डहीनताको अन्त्य भएकाले आयोगकै प्रमुख आयुक्त भ्रष्टाचारमा मुछिएको, असंवैधानिक तरीकारले नियुक्त गरिएको तथा भ्रष्टाचारका फाइलमा निष्पक्ष अनुसन्धान नगरेकाले प्रेम राईले जेनजी आन्दोलनको भावना बुझेर आफै राजीनामा दिनु पर्ने बताए । 

वाइडबढी काण्ड, भुटानी शरणार्थी काण्डमा स्पष्टरुपमा नाम जोडिएका व्यक्ती प्रमुख आयुक्तकारुपमा रहने कुरा अनैतिक भएकाले उनले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताए । राईले राजीनामा नदिएको खण्डमा थप योजना बनाएर आन्दोलनका बारेमा सोच्ने उनीहरूको भनाई  छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

भर्खरै