नेभिगेशन
सबै कुरा

जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि हैन : ओली (भिडियाेसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि नभएको टिप्पणी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याँकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मुर्खता भएको टिप्पणी गरेका हुन् ।

Ncell
Extreme Energy


राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र चेतनै नभएका मुर्खहरुले मात्रै मान्ने उनको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालिन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राखे । अहिले मरेको प्रेतका पछाडि केहि व्यक्ति लागिपरेको अवस्थामा युवासंघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै उनले युवा संघलाई धन्यवाद समेत दिएका छन् । 

त्यस्तै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारकै कारण परिवर्तन विरोधी सल्बलाउन थालेको आरोप लगाए । वर्तमान सरकारको जग नै नभएका कारण सानो समूहको प्रदर्शनबाट तर्सेको उनको भनाइ छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक कुरा भएकाले सरकारले जनतालाई आशावादी बनाउनुपर्ने उनले बताए  ।

त्यस्तै अध्यक्ष ओलीले युवा जमातमा देखिएका निराशालाई युवाहरुले नै समाधान खोज्दै निराशा हटाउनुपर्नेमा जोड दिए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।

भर्खरै