नेभिगेशन
समाज

पाँचकिलोमा बस दुर्घटना, ३ जना नाबालकसहित २० जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मङ्गलबार साँझ  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ । हालसम्म बसमा सवार यात्रुको सङ्ख्या यकिन भएको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक...