नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँको आन्दोलनका केही माग जायज छन् : रवि लामिछाने (भिडियाेसहित)

राैतहट : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलनलाई स्वभाविक भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

मधेश प्रदेश लक्षित कार्यक्रमका क्रममा रौतहटको चन्द्रपुर पुगेका सभापति लामिछानेले संचारकर्मीसँग कुरा गर्दै व्यवसायी दुर्गा प्रसाईँले संयोजन गरेको आन्दोलनका कतिपय माग जायज भएको बताएका छन् ।

‘उक्त आन्दोलनमा सहभागी कयौँ मानिसहरुको मुद्दा सहि छन् । लघुवित्तबाट, सहकारीबाट, बैँकको चर्को ब्याजदरबाट उठिबास लागेको जो मानिसहरु गएका छन्, ति मानिसहरु जसले किन बोलाए थाहा छैन । तर तिनले भनेको कुराहरुमा ध्यान जान जरुरी छ ।’, उनले थपे, ‘समग्रमा आन्दोलन सहि छ वा छैन भन्नुभन्दा पनि मुलुकमा अहिले  जे भइरहेको छ, जे निराशा छाइरहेको छ, त्यो निराशाको अभिव्यक्ति हो ।’

त्यस्तै गणतन्त्रमा जो कोही नागरिकलाई आफ्ना विचार अभिव्यक्त गर्न संविधानले छुट दिएको भन्दै दुर्गा प्रसाईँको आन्दोलन पनि स्वभाविक रहेको बताएका छन् । उनले भने,  ‘लोकतन्त्रमा, गणतन्त्रमा त्यो मानिसको अधिकार हो । त्यसलाई संविधानले सुनिश्चित गरेको छ । विरोध गर्न पाउनु अधिकार हो, त्यसको हामी सम्मान गर्छौँ ।’

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको गुनासो सुन्ने भन्दै देशभर घरदैलो साथै जनसभा गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।

भर्खरै