नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँको आन्दोलनका केही माग जायज छन् : रवि लामिछाने (भिडियाेसहित)

राैतहट : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलनलाई स्वभाविक भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

मधेश प्रदेश लक्षित कार्यक्रमका क्रममा रौतहटको चन्द्रपुर पुगेका सभापति लामिछानेले संचारकर्मीसँग कुरा गर्दै व्यवसायी दुर्गा प्रसाईँले संयोजन गरेको आन्दोलनका कतिपय माग जायज भएको बताएका छन् ।

‘उक्त आन्दोलनमा सहभागी कयौँ मानिसहरुको मुद्दा सहि छन् । लघुवित्तबाट, सहकारीबाट, बैँकको चर्को ब्याजदरबाट उठिबास लागेको जो मानिसहरु गएका छन्, ति मानिसहरु जसले किन बोलाए थाहा छैन । तर तिनले भनेको कुराहरुमा ध्यान जान जरुरी छ ।’, उनले थपे, ‘समग्रमा आन्दोलन सहि छ वा छैन भन्नुभन्दा पनि मुलुकमा अहिले  जे भइरहेको छ, जे निराशा छाइरहेको छ, त्यो निराशाको अभिव्यक्ति हो ।’

त्यस्तै गणतन्त्रमा जो कोही नागरिकलाई आफ्ना विचार अभिव्यक्त गर्न संविधानले छुट दिएको भन्दै दुर्गा प्रसाईँको आन्दोलन पनि स्वभाविक रहेको बताएका छन् । उनले भने,  ‘लोकतन्त्रमा, गणतन्त्रमा त्यो मानिसको अधिकार हो । त्यसलाई संविधानले सुनिश्चित गरेको छ । विरोध गर्न पाउनु अधिकार हो, त्यसको हामी सम्मान गर्छौँ ।’

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको गुनासो सुन्ने भन्दै देशभर घरदैलो साथै जनसभा गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै