नेभिगेशन
सबै कुरा

४० करोड अपचलन आरोपमा अम्बे कोसी सहकारीका ५ जना पक्राउ

बचतकर्ताको ४० करोड रकम अपचलन गरेको आरोपमा अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका ५ जना पक्राउ परेका छन् । इटहरीमा सञ्चालित सहकारीका सञ्चालक सहित ५ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा अध्यक्ष फणीन्द्र मगर, शिला गजमेर, राहुल अग्रवाल र कुमार आले लगायत रहेका छन् । बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । प्रशासनमा उजुरीपछि बचतकर्ता र सञ्चलकबिच भएको वार्तामा रकम फिर्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम सहकारी सञ्चालकहरुले रकम फिर्ता गर्न नसकेको र प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले ठगी मुद्दा दायर गरेपछि उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । 

CG

अम्बे कोसी बचता तथा ऋण सहकारी विराटनगर र झापामा समेत सञ्चालनमा छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।