नेभिगेशन
सबै कुरा

प्रादेशिक अस्पताल जनकपुरका सुत्केरीको निधन, आफन्तद्वारा अस्पताल घेराउ

सुत्केरी व्यथा लागेर प्रादेशिक अस्पताल जनकपुर पुर्याएकी एक महिलाको शल्यक्रियापश्चात रक्तस्रावका कारण मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महोत्तरीको मठिहानी –३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनलाई शुक्रबार सुत्केरी व्यथा लागेपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पतालमा शल्यक्रियापश्चात छोरी जन्माएकी उनको अत्याधिक रक्तस्रावपश्चात निधन भएपछि चिकित्सकको लापरवाहीका कारण उक्त घटना घटेको भन्दै आफ्न्त आन्दोलनरत छन् । 

Ncell
Extreme Energy

राति ८ बजे उनलाई अस्पताल पुर्याएको तर चिकित्सकले शल्यक्रियामा लापरवाही गरेको भन्दै आफन्त अस्पताल परिसरमा आन्दोलनरत छन् । शल्यक्रिया संलग्न चिकित्सकलाई अस्पतालले फरार गराएको परिवारको आरोप छ । 

उता अस्पताल प्रशासनले भने तजवुलको अवस्था सिकिस्त भएपछि अस्पताल ल्याइएको र अन्य कुनै पनि अस्पतालले भर्ना नलिएको अवस्थामा पनि आफूहरुले शल्यक्रिया गराएपनि उनलाई बचाउन नसकेको बताएको छ ।  त्यस्तै उनलाई चम्की रोग र जण्डिस समेत भएको अस्पतालले जनाएको छ । 

तजवुलको शल्यक्रिया अनुभवि चिकित्सकले गरेका कारण शल्यक्रियामा कुनै पनि कमजोरी नभएको अस्पतालको दाबी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...