नेभिगेशन
समाज

हमासद्वारा विपिन जोशीको मृत्यु पुष्टि, जोशी सहित ४ जनाको शव इजरायललाई बुझाउँदै

काठमाडौँ । हमासको कब्जामा रहेका नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासले नै विपिनको मृत्यु भएको पुष्टि गरेको हो । हमासले आज इजरायललाई बुझाउन लागेको शवमा विपिनको पनि नाम भएको इजरायलका मिडियाले जनाएका छन् उल्लेख गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलका मिडियाका अनुसार हमासले इ इलौज, योस्सी शराबी, बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । आजै इजरायली सेनाले विपिनको परिवार समेतलाई उनी जिवित रहेको प्रमाण फेला नपरेको जानकारी गराएको थियो । 

Ncell
Extreme Energy

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको अन्तिम वर्ष अध्ययन गरिरहेका ४९ जना विद्यार्थी ६ समुहमा विभाजित भएर इजरायलका विभिन्न कृषि केन्द्रमा काम गरिरहेका थिए । उनीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका थिए । 

जसमध्ये १७ जना इजरायलको किवुज अलुमिन भन्ने ठाउँमा रहेको कृषि फर्ममा कार्य गरिरहेका थिए । उक्त स्थान गाजा नजिकै पर्छ । ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा हमासको आक्रमण सुरु भएको थियो । आक्रमण सुरु भएपछि र साइरन बजेपछि उनीहरु ज्यान जोगाउन बंकरभित्र पसेका थिए । 

किवुजमा रहेका १७ जना नेपाली एउटै बंकरमा बसेका थिए । जहाँ विपिन जोशी, धनबहादुर चौधरी लगायत थिए । सोही क्रममा उनीहरु बसेको बंकर बाहिर बम पड्केको र गोली चलेको आवाज सुनिन थाल्यो । उनीहरु झन् आत्तिए । अत्तिएर बंकरमा रहेका २ जना ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै बंकरबार बाहिर निस्के । हमासले उनीहरुमाथि गोली बर्सायो । उनीहरुको त्यहीँ मृत्यु भएको थियो । 

सोही बंकरमा रहेका कैलाली टिकापुरका धनबहादुर चौधरीका अनुसार हमास लडाकुले बंकरमै २ वटा बम फालेका थिए । एउटा बम विपिन जोशीले हातले समातेर बाहिर फालेका थिए । अर्को बम त्यही पड्एिको थियो । त्यो बमले धनबहादुर सहित ५ जना घाइते भएका थिए । 

धनबहादुरका अनुसार आधा घण्टापछि इजरायली प्रहरी त्यहाँ आइपुगेका थिए । उनीहरुले विपिन जोशीसहित १० जनालाई अर्को बंकरमा सिफ्ट गरेका थिए । त्यस समयदेखि धनबहादुरले विपिनलाई देखेनन् । विपिनले उक्त दिन त्यो बम नफालेको भए आफू सहित थप ४/५ जनाको ज्यान जाने निश्चित रहेको धनबहादुर बताउँछन् । 

उनका अनुसार विपिन लगायतका साथीहरु रहेको बंकरमा हमासका लडाुकले आक्रमण गरेका थिए । सो क्रममा केही साथीहहरुको मृत्यु भएको उनले खबर पाए । त्यस्तै विपिनलाई हमासले पक्राउ गरी लिएर गएको पनि साथीहरुबाटै थाहा पाए । 

सो आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाए । ज्यान गुमाउनेमा बझाङ जयपृथ्वी नगरपालिका ११ का गणेशकुमार नेपाली, डोटीका पदम थापा, प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार, राजन फुलारा, दार्चुलाका लोकेन्द्र सिंह धामी, दार्चुलाकै दिपेशराज विष्ट, कैलालीका नारायणप्रसाद न्यौपाने, कैलालीका आशिष चौधरी र धनुषाका आनन्द साह छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।