नेभिगेशन
मुख्य समाचार

हमासद्वारा विपिन जोशीको मृत्यु पुष्टि, जोशी सहित ४ जनाको शव इजरायललाई बुझाउँदै

काठमाडौँ । हमासको कब्जामा रहेका नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासले नै विपिनको मृत्यु भएको पुष्टि गरेको हो । हमासले आज इजरायललाई बुझाउन लागेको शवमा विपिनको पनि नाम भएको इजरायलका मिडियाले जनाएका छन् उल्लेख गरेको छ । 

इजरायलका मिडियाका अनुसार हमासले इ इलौज, योस्सी शराबी, बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । आजै इजरायली सेनाले विपिनको परिवार समेतलाई उनी जिवित रहेको प्रमाण फेला नपरेको जानकारी गराएको थियो । 

CG

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको अन्तिम वर्ष अध्ययन गरिरहेका ४९ जना विद्यार्थी ६ समुहमा विभाजित भएर इजरायलका विभिन्न कृषि केन्द्रमा काम गरिरहेका थिए । उनीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका थिए । 

जसमध्ये १७ जना इजरायलको किवुज अलुमिन भन्ने ठाउँमा रहेको कृषि फर्ममा कार्य गरिरहेका थिए । उक्त स्थान गाजा नजिकै पर्छ । ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा हमासको आक्रमण सुरु भएको थियो । आक्रमण सुरु भएपछि र साइरन बजेपछि उनीहरु ज्यान जोगाउन बंकरभित्र पसेका थिए । 

किवुजमा रहेका १७ जना नेपाली एउटै बंकरमा बसेका थिए । जहाँ विपिन जोशी, धनबहादुर चौधरी लगायत थिए । सोही क्रममा उनीहरु बसेको बंकर बाहिर बम पड्केको र गोली चलेको आवाज सुनिन थाल्यो । उनीहरु झन् आत्तिए । अत्तिएर बंकरमा रहेका २ जना ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै बंकरबार बाहिर निस्के । हमासले उनीहरुमाथि गोली बर्सायो । उनीहरुको त्यहीँ मृत्यु भएको थियो । 

सोही बंकरमा रहेका कैलाली टिकापुरका धनबहादुर चौधरीका अनुसार हमास लडाकुले बंकरमै २ वटा बम फालेका थिए । एउटा बम विपिन जोशीले हातले समातेर बाहिर फालेका थिए । अर्को बम त्यही पड्एिको थियो । त्यो बमले धनबहादुर सहित ५ जना घाइते भएका थिए । 

धनबहादुरका अनुसार आधा घण्टापछि इजरायली प्रहरी त्यहाँ आइपुगेका थिए । उनीहरुले विपिन जोशीसहित १० जनालाई अर्को बंकरमा सिफ्ट गरेका थिए । त्यस समयदेखि धनबहादुरले विपिनलाई देखेनन् । विपिनले उक्त दिन त्यो बम नफालेको भए आफू सहित थप ४/५ जनाको ज्यान जाने निश्चित रहेको धनबहादुर बताउँछन् । 

उनका अनुसार विपिन लगायतका साथीहरु रहेको बंकरमा हमासका लडाुकले आक्रमण गरेका थिए । सो क्रममा केही साथीहहरुको मृत्यु भएको उनले खबर पाए । त्यस्तै विपिनलाई हमासले पक्राउ गरी लिएर गएको पनि साथीहरुबाटै थाहा पाए । 

सो आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाए । ज्यान गुमाउनेमा बझाङ जयपृथ्वी नगरपालिका ११ का गणेशकुमार नेपाली, डोटीका पदम थापा, प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार, राजन फुलारा, दार्चुलाका लोकेन्द्र सिंह धामी, दार्चुलाकै दिपेशराज विष्ट, कैलालीका नारायणप्रसाद न्यौपाने, कैलालीका आशिष चौधरी र धनुषाका आनन्द साह छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
तोरी फुलेपछि पहेँलपुर चितवन (तस्बिरहरु)

तोरी फुलेपछि पहेँलपुर चितवन (तस्बिरहरु)

कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ । गत वर्ष...
इतिहासमा पहिलो पटक तेस्रोलिङ्गी अध्यक्ष रहेको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

इतिहासमा पहिलो पटक तेस्रोलिङ्गी अध्यक्ष रहेको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

महिला, दृष्टिविहीन, अपाङ्गता, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिन लागेका हुन् ।
आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग जेनजी शहिदका परिवारको माग

आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग जेनजी शहिदका परिवारको माग

सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।