नेभिगेशन
समाज

IAA MOBILITY 2025 मा सेरेस पावरको Super Range-Extender System सार्वजनिक, विश्व विकासतर्फ नयाँ कदम

काठमाडाैँ । सेरेस पावरले IAA MOBILITY 2025 मा आफ्नो नवीनतम Super Range-Extender System, उच्च दक्षतायुक्त इन्जिन प्रविधि र नयाँ पुस्ताको distributed e-Drive system को ग्लोबल शुभारम्भ गरेको छ। यो प्रविधि सार्वजनिक गर्ने कार्यक्रममा AVL, Bosch, Mahle, Schaeffler, Valeo, Stellantis, Mubea, Infineon लगायतका ६० भन्दा बढी कम्पनीका प्रतिनिधि र अन्तर्राष्ट्रिय मिडियाहरूको सहभागिता रहेको थियो । यस अवसरलाई उपयोग गर्दै सेरेस पावरले सप्लाई चेन पार्टनरहरूसँगको सहकार्यलाई अझ गहिरो बनाउने र विश्वव्यापी प्रयोगकर्ताहरूका लागि सुरक्षित, स्मार्ट र सुविधाजनक मोबिलिटी सोलुसन्स दिन निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेरेसका अनुसार नयाँ पुस्ताको Super Range-Extender System Saiyi (C2E) Range-Extender Architecture र RoboREX Intelligent Control Technology मा आधारित छ ।  जसमा तीन प्रमुख विशेषता रहेका छन् । 
शान्त, हाइ-एण्ड इन्टिग्रेसन र अति दक्ष C2E आर्किटेक्चरले अल-इन-वान डिजाइन अवधारणालाई अपनाएको छ । जसमा इन्जिन, मोटर, कन्ट्रोल सिस्टम र हाउजिङलाई गहन ढंगले एकीकृत गरिएको छ । जसले कम्प्याक्ट संरचना र लागत नियन्त्रणमा ठूलो सहयोग पुर्‍याउँछ। RoboREX ले परम्परागत range-extender को अपरेटिंग मोडलाई प्यासिभबाट एक्टिभमा बदलेर इन्टेलिजेन्ट एक्टिभ इनर्जी म्यानेजमेन्ट प्रणालीमा रूपान्तरण गरेको छ ।

Ncell
Extreme Energy

दक्षताका हिसाबले इन्धन खपत १५% ले घटाइएको छ, आवाज महसुस ९०% ले कम भएको छ, वास्तविक दक्षता ३.६५ kWh/L पुगेको छ र अधिकतम थर्मल दक्षता ४४.८% पुगेको छ, जुन mass-produced range-extender मध्ये अग्रणी मानिन्छ।

नयाँ distributed e-drive प्रविधिले सुरक्षाको आनन्दसँगै ड्राइभिङ अनुभवलाई अझ सुधार गर्दछ। सेरेस सधैं “सेफ्टी इज अल्टिमेट लक्जरी” भन्ने कुरामा विश्वास गर्ने कम्पनीले जनाएकाे छ । यसै कारण सेरेस पावरले सक्रिय रुपमा डुअल-मोटर, थ्री-मोटर र फोर-मोटर समेत प्रयोग हुने distributed e-drive प्रणाली विकास गरिरहेको छ, जसले A क्लासदेखि D क्लाससम्मका गाडीका आवश्यकता पूरा गर्न सक्छ।

रिपोर्ट अनुसार, Range-extender प्रविधि प्रयोग भएका गाडीहरू उच्चस्तरीय लक्जरी चाहने ग्राहकहरूको प्रमुख रोजाइ बन्दै गएका छन्। यस्ता गाडीहरूले दिगो यात्रासँगै चार्जिङ वा दूरीको चिन्ता नगरी सुविधाजनक प्रयोगको अनुभव दिने बताइन्छ । Range-extender प्रविधिका अग्रणी सेरेसले हालसम्म ३,९०० भन्दा बढी पेटेन्ट दर्ता गरिसकेको छ र १०० भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेको छ।

चीनमा सेरेस Super Range-Extender System व्यापक रूपमा प्रयोग भइरहेको छ । जसका कारण AITO ब्रान्डले उल्लेखनीय बिक्री सफलता हासिल गरेको छ। हालसम्म REEV AITO को बिक्री ७.५ लाख युनिट नाघिसकेको छ भने AITO 9 ले ५ लाख युआन सेगमेन्टको लक्जरी कार बजारमा अग्रता लिएको छ।

हाल सेरेसले २५ भन्दा बढी उद्योग साझेदारहरूसँग सहकार्य गरिरहेको छ। सन् २०२४ मा सेरेस पावरले ९.२ अर्ब युआनको वार्षिक आम्दानी गरेको छ । जुन गत वर्षभन्दा १३२% ले बढी हो। यस अवधिमा यसको पावरट्रेन बिक्री ६ लाख युनिट नाघ्यो भने मोटर र इलेक्ट्रोनिक कन्ट्रोल उत्पादन ९ लाख युनिटभन्दा बढी पुगेका छन्।

नेपालमा चार्जिङ पूर्वाधारको अभाव र उच्च प्रारम्भिक लागतका कारण विद्युतीय सवारीसाधनको विस्तार ढिलो भइरहेको छ। यस्तो अवस्थामा सेरेस पावरको range-extender प्रणालीले नेपालका लागि पुलको भूमिका खेल्न सक्छ । जसले लामो यात्राको विश्वास दिलाउँछ र बिस्तारै चार्जिङ सञ्जाल विस्तार हुँदै जाँदा चालकहरूलाई सहज बनाउन सक्छ। नीति निर्माता र व्यवसायीहरूका लागि यो प्रविधि नेपालजस्ता देशमा विश्वस्तरीय सोलुसन्सलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने संकेत हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...