नेभिगेशन
सबै कुरा

जब दुर्गा प्रसाईँले नै ढुंगा हान भन्दै भिडलाई उचाले... (भिडियाेसहित)

नागरिक बचाऊ अभियानको संयोजकत्व गरिहेका दुर्गा प्रसाईँ र विवादित धर्मगुरु श्रीनिवास आचार्यको विवादित अभिव्यक्तिका कारण सोमबार गौशालामा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

राजसंस्था फिर्तालाई मुख्य एजेण्डा बनाएर केही दिनयता काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको उक्त समूह सोमबार शक्ति प्रदर्शनका लागि गौशाला पुगेका थिए । उक्त भिडलाई उचाल्न आफ्ना समर्थकसहित धर्मका नाममा अराजकता फैलाइरहेका धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका थिए । उनले भिडलाई गौशालाको बिच सडकमा सुतेर सडक अवरुद्ध गर्न उचालिरहेका थिए भने प्रसाईँ प्रहरीमाथि जाइलाग भन्दै भड्काउ अभिव्यक्ति दिइरहेका थिए । 

उनीहरुले भनेअनुसार नै उनीहरुका समर्थकले सडक अवरुद्ध गरेपछि प्रहरीले उनीहरुलाई हटाउन प्रयास गरेको थियो । उक्त क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो ।

झडपका क्रममा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् भने धर्मगुरु आचार्य  श्रीनिवाससहित १० बढिलाई प्रहरीले पक्राउ गरेको छ   । 

प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत  प्रहार गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...