नेभिगेशन
सबै कुरा

जब दुर्गा प्रसाईँले नै ढुंगा हान भन्दै भिडलाई उचाले... (भिडियाेसहित)

नागरिक बचाऊ अभियानको संयोजकत्व गरिहेका दुर्गा प्रसाईँ र विवादित धर्मगुरु श्रीनिवास आचार्यको विवादित अभिव्यक्तिका कारण सोमबार गौशालामा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । 


CG

राजसंस्था फिर्तालाई मुख्य एजेण्डा बनाएर केही दिनयता काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको उक्त समूह सोमबार शक्ति प्रदर्शनका लागि गौशाला पुगेका थिए । उक्त भिडलाई उचाल्न आफ्ना समर्थकसहित धर्मका नाममा अराजकता फैलाइरहेका धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका थिए । उनले भिडलाई गौशालाको बिच सडकमा सुतेर सडक अवरुद्ध गर्न उचालिरहेका थिए भने प्रसाईँ प्रहरीमाथि जाइलाग भन्दै भड्काउ अभिव्यक्ति दिइरहेका थिए । 

उनीहरुले भनेअनुसार नै उनीहरुका समर्थकले सडक अवरुद्ध गरेपछि प्रहरीले उनीहरुलाई हटाउन प्रयास गरेको थियो । उक्त क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो ।

झडपका क्रममा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् भने धर्मगुरु आचार्य  श्रीनिवाससहित १० बढिलाई प्रहरीले पक्राउ गरेको छ   । 

प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत  प्रहार गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।