नेभिगेशन
सबै कुरा

प्रदेश प्रहरी गठन गर्न केन्द्रीय सरकारलाई दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

काठमाडौँ : प्रदेशमा प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । प्रदेश सरकार मातहत रहेको प्रहरी ऐन कार्यान्वयनको माग गर्दै सरकारलाई दबाब दिन उनीहरु काठमाडौँ आएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेशमा प्रहरी समायोजन नहुँदा सबै प्रदेश सरकारलाई काग गर्न धेरै समस्या परेको भन्दै काठमाडौँ आएका उनीहरुले मंगलबार प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना माग राख्ने कार्यक्रम रहेको बताएका छन् । 

Ncell
Extreme Energy

उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनको मागसहितको ज्ञापनपत्र बुझाउने भएका छन् । उनीहरुले दिउँसो २ बजे प्रधानमन्त्री र साढे ३ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउने भएका हुन् ।

त्यस्तै केन्द्रीय सरकारले प्रदेश सरकारको काम कारबाहीमा बाधा पुर्याइरहने हो भने आफूहरु पनि आफूहिसाब अघि बढ्ने उनीहरुले चेतावनी दिने बताएका छन् ।

मुलुक संघीय संरचनामा गएको ६ वर्ष पूरा हुँदा पनि प्रदेश प्रहरीको गठन हुन नसकेको साथै प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको उनीहरुको गुनासो छ । 

प्रहरीबिनाको प्रदेश सरकार अपूर्ण रहेको बताउँदै काठमाडौँ आएका उनीहरु प्रदेश प्रहरी नहुँदा प्रदेशको शान्ति सुरक्षा मजबुत पार्न नसकिएको बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...