नेभिगेशन
सबै कुरा

प्रदेश प्रहरी गठन गर्न केन्द्रीय सरकारलाई दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

काठमाडौँ : प्रदेशमा प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । प्रदेश सरकार मातहत रहेको प्रहरी ऐन कार्यान्वयनको माग गर्दै सरकारलाई दबाब दिन उनीहरु काठमाडौँ आएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेशमा प्रहरी समायोजन नहुँदा सबै प्रदेश सरकारलाई काग गर्न धेरै समस्या परेको भन्दै काठमाडौँ आएका उनीहरुले मंगलबार प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना माग राख्ने कार्यक्रम रहेको बताएका छन् । 

Ncell
Extreme Energy

उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनको मागसहितको ज्ञापनपत्र बुझाउने भएका छन् । उनीहरुले दिउँसो २ बजे प्रधानमन्त्री र साढे ३ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउने भएका हुन् ।

त्यस्तै केन्द्रीय सरकारले प्रदेश सरकारको काम कारबाहीमा बाधा पुर्याइरहने हो भने आफूहरु पनि आफूहिसाब अघि बढ्ने उनीहरुले चेतावनी दिने बताएका छन् ।

मुलुक संघीय संरचनामा गएको ६ वर्ष पूरा हुँदा पनि प्रदेश प्रहरीको गठन हुन नसकेको साथै प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको उनीहरुको गुनासो छ । 

प्रहरीबिनाको प्रदेश सरकार अपूर्ण रहेको बताउँदै काठमाडौँ आएका उनीहरु प्रदेश प्रहरी नहुँदा प्रदेशको शान्ति सुरक्षा मजबुत पार्न नसकिएको बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...