नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँको आन्दोलनमा ढुंगामुढा गर्नेलाई मुद्दा चलाउने नचलाउने भन्ने विषयमा छलफल गर्दै प्रहरी

सोमबार गौशालामा दुर्गा प्रसाईँको आन्दोलनमा गएर प्रहरी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि ढुंगामुढा गर्नेलाई मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा छलफल भइरहेको नेपाल प्रहरीले बताएको छ । 

सोमबार गौशालामा भएको आन्दोलन पुगेर प्रहरीमाथि ढुंगा प्रहार गर्ने प्रसाईँ समूहका १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेल बताए । 

CG

पक्राउ पर्नेमा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा समेत रहेका छन् । त्यस्तै प्रहरीले भोजराज तिमल्सिना, यदुनाथ सिग्देल, सुजन खड्‍का, राजु तामाङ, ऊबहादुर रिजाल नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, युविन श्रेष्ठ, मेहरमान बस्नेत र दिपेश खड्कालाई पनि पक्राउ गरिएको छ । 

त्यस्तै आन्दोलनमा पुगेर अराजक अभिव्यक्ति दिने केहीलाई पक्राउ गरिएपनि उनीहरुलाई भने छोडिएको प्रहरीले जनाएको छ ।

गत मंसिर ७ गतेदेखि राजतन्त्र फिर्ता गर्नुपर्ने विषयलाई मुख्य एजेण्डा बनाएर नागरिक बचाउ आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईँले दिनहुँ काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । ७ गते बल्खुबाट आन्दोलन सुरु गरेका उनले सोमबार गौशालामा प्रदर्शन  गरेका थिए । प्रदर्शनका क्रममा उनका समर्थकले पूरै सडक ढाकेर बिचमै सुतेपछि उनीहरुलाई प्रहरीले हटाउने प्रयास गरेको थियो । हटाउने क्रममा मुठभेड हुँदा प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । प्रहरीले भिडलाई तितरबितर गरेर स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । सो क्रममा आन्दोलनमा सहभागि भएका ३ दर्जन बढि घाइते भएका प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।