नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँको आन्दोलनमा ढुंगामुढा गर्नेलाई मुद्दा चलाउने नचलाउने भन्ने विषयमा छलफल गर्दै प्रहरी

सोमबार गौशालामा दुर्गा प्रसाईँको आन्दोलनमा गएर प्रहरी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि ढुंगामुढा गर्नेलाई मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा छलफल भइरहेको नेपाल प्रहरीले बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार गौशालामा भएको आन्दोलन पुगेर प्रहरीमाथि ढुंगा प्रहार गर्ने प्रसाईँ समूहका १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेल बताए । 

Ncell
Extreme Energy

पक्राउ पर्नेमा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा समेत रहेका छन् । त्यस्तै प्रहरीले भोजराज तिमल्सिना, यदुनाथ सिग्देल, सुजन खड्‍का, राजु तामाङ, ऊबहादुर रिजाल नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, युविन श्रेष्ठ, मेहरमान बस्नेत र दिपेश खड्कालाई पनि पक्राउ गरिएको छ । 

त्यस्तै आन्दोलनमा पुगेर अराजक अभिव्यक्ति दिने केहीलाई पक्राउ गरिएपनि उनीहरुलाई भने छोडिएको प्रहरीले जनाएको छ ।

गत मंसिर ७ गतेदेखि राजतन्त्र फिर्ता गर्नुपर्ने विषयलाई मुख्य एजेण्डा बनाएर नागरिक बचाउ आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईँले दिनहुँ काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । ७ गते बल्खुबाट आन्दोलन सुरु गरेका उनले सोमबार गौशालामा प्रदर्शन  गरेका थिए । प्रदर्शनका क्रममा उनका समर्थकले पूरै सडक ढाकेर बिचमै सुतेपछि उनीहरुलाई प्रहरीले हटाउने प्रयास गरेको थियो । हटाउने क्रममा मुठभेड हुँदा प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । प्रहरीले भिडलाई तितरबितर गरेर स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । सो क्रममा आन्दोलनमा सहभागि भएका ३ दर्जन बढि घाइते भएका प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...