नेभिगेशन
सबै कुरा

रास्वपाको उपसभापति बन्दै डा स्वर्णिम वाग्ले

काठमाडौँ । प्रतिनिधिसभामा तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्ने भएका छन् । रास्वपा स्रोतका  महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले म‌गलबारनै डा वाग्लेलाई उपसभापतिमा मनोनित गर्नेछ । सांसद तथा केन्द्रीय सदस्यको भुमिकामा मधेश झरेका डा वाग्ले उपसभापति बनेर काठमाडौँ फर्किने छन् । सांसद वाग्ले रास्वपाका अर्थ विभाग प्रमुख समेत हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैशाखमा नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको डा वाग्ले, तनहुँ १ मा भएको उपनिर्वाचनमा ३४ हजार ९ सय १९ मत सहित विजय भएका थिए । उनले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार मतले पछि पारेका थिए ।

Ncell
Extreme Energy

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका वाग्ले विभिन्न दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।

रास्वपाका स्रोतका अनुसार सांसद निर्वाचित भएपछि पार्टी भित्रको भूमिकाका विषयमा उनले दबाब बढाएका थिए । रास्वपाको विधानमा दुई उपसभापतिको व्यवस्था भए अनुसार नै उनलाई उपसभापतिमा ल्याउने तयारी भएको रास्वपाका एक नेताले सिधाकुरालाई बताए । 

रास्वपामा अहिले सांसद डोलप्रसाद अर्याल (डिपी) मात्रै उपसभापति छन् । स्वर्णिमको विज्ञता र अन्तराष्ट्रिय सम्बन्धका हिसाबले पनि  उनी उपसभापतिका लागि योग्य रहेको पार्टीका नेताहरूको बुझाई छ ।

विसं २०३१ सालमा गोरखामा जन्मिएको वाग्ले २०४६ सालको एसएलसीमा नेपालभरिकै विद्यार्थीमध्ये दोस्रो स्थानमा आएका थिए । 

त्यस्तै विश्वका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका वाग्ले  नेपाल फर्किनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेका थिए । २०७७ देखि २०७९ सम्म राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एशिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...