नेभिगेशन
सबै कुरा

रास्वपाको उपसभापति बन्दै डा स्वर्णिम वाग्ले

काठमाडौँ । प्रतिनिधिसभामा तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्ने भएका छन् । रास्वपा स्रोतका  महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले म‌गलबारनै डा वाग्लेलाई उपसभापतिमा मनोनित गर्नेछ । सांसद तथा केन्द्रीय सदस्यको भुमिकामा मधेश झरेका डा वाग्ले उपसभापति बनेर काठमाडौँ फर्किने छन् । सांसद वाग्ले रास्वपाका अर्थ विभाग प्रमुख समेत हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैशाखमा नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको डा वाग्ले, तनहुँ १ मा भएको उपनिर्वाचनमा ३४ हजार ९ सय १९ मत सहित विजय भएका थिए । उनले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार मतले पछि पारेका थिए ।

Ncell
Extreme Energy

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका वाग्ले विभिन्न दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।

रास्वपाका स्रोतका अनुसार सांसद निर्वाचित भएपछि पार्टी भित्रको भूमिकाका विषयमा उनले दबाब बढाएका थिए । रास्वपाको विधानमा दुई उपसभापतिको व्यवस्था भए अनुसार नै उनलाई उपसभापतिमा ल्याउने तयारी भएको रास्वपाका एक नेताले सिधाकुरालाई बताए । 

रास्वपामा अहिले सांसद डोलप्रसाद अर्याल (डिपी) मात्रै उपसभापति छन् । स्वर्णिमको विज्ञता र अन्तराष्ट्रिय सम्बन्धका हिसाबले पनि  उनी उपसभापतिका लागि योग्य रहेको पार्टीका नेताहरूको बुझाई छ ।

विसं २०३१ सालमा गोरखामा जन्मिएको वाग्ले २०४६ सालको एसएलसीमा नेपालभरिकै विद्यार्थीमध्ये दोस्रो स्थानमा आएका थिए । 

त्यस्तै विश्वका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका वाग्ले  नेपाल फर्किनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेका थिए । २०७७ देखि २०७९ सम्म राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एशिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...