नेभिगेशन
सबै कुरा

एनआरएनए निर्वाचन पुनः गर्न माग

काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ ।  

एनआरएनए आरके समूहद्वारा आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ । 

CG

सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले एनआरएनएको एकता,विश्वसनियता, तटस्थता र सुदृढीकरणका पक्षमा जस्तोसुकै त्याग गर्न आफू तयार रहेको स्पष्ट गर्दै निर्वाचनपछि उत्पन्न विवादका सन्दर्भमा सम्बद्ध सरकारी निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भनी गुनासो व्यक्त गरे । 

सो समूहका बुद्धिसागर सुवेदीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको सङ्घलाई अझ विश्वसनीय र सुदृढ तुल्याउन पुनः निर्वाचन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सो समूहले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद दिँदै पहिलो पुस्ताका नेपालीलाई बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ । जाजरकोट भूकम्पका पीडितलाई यथासक्य राहत सहयोग उपलब्ध गराएको उल्लेख गर्दै एनआरएनएले आगामी दुई वर्षभित्र रु १० करोड राशीकोआपत्कालीन राहत तथा उद्धार कोष बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।