नेभिगेशन
सबै कुरा

गैँडा मार्ने ‘सिरियल किलर, ७ जना पक्राउ

काठमाडौं । यस अघिनै गैँडा मारेर जेल परेर छुटेका समूहले नै चितवन राष्ट्रिय निकुञ्जभित्र खाल्डो खनेर दुईवटा पोथी गैँडा मारेको खुलेको छ । 

सीआबी स्रोतका अनुसार सौराहा चपरचुली क्षेत्रभित्र खाल्डोमा पारेर २ पोथी गैँडा मारेको आरोपमा पक्राउ परेका ७ जना मध्ये केही यस अघि पनि गैँडा मारेर खाग तस्करी गरेको कसुरमा जेल परेर छुटेका व्यक्ति छन् । 

CG

उनीहरूकै संलग्नतामा योजनाबद्धतामा २ पोथी गैँडा मारिएको निष्कर्षमा प्रहरी पुगेको छ । कात्तिक ३० गते खाल्डोमा मृत अवस्थामा खाग झिकिएका दुई गैँडा भेटिएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट गैँडाको खाग समेत बरामद भएको छ । 

पक्राउ परेकाहरूको बयान अनुसार उनीहरूले गैँडा पानी खान हिड्ने बाटोको निगरानी गरि ४ वटा खाल्डो खनेका थिए । 

निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको चेकपोष्ट भन्दा करिब तीन किलोमिटरको दूरीमा खनिएका खाल्डोमा गैंडा मृत फेला परेका थिए । 

यसअघिसमेत गतवर्ष माघमा नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नारायणी किनारमा पनि करेन्ट लगाएर दुईवटा गैँडा मारिएका थिए । 

चितवन राष्ट्रिय निकुञ्जको अभिलेखले पछिल्लो समय गैँडाको विभिन्न कारणले मृत्यु भइरहेको देखाउँछ । 

निकुञ्जको तथ्याङ्कअनुसार २०७८ मा मात्रै ३७ गैंडा मृत भेटिएका थिए । त्यस्तै २०७९ मा पनि विभिन्न कारणले २२ वटा गैँडाको मृत्यु भएको थियो । नेपालमा दुर्लभ एक सिंगे गैँडाको संख्या ७५२ छ । त्यसमध्ये करिब ६९४ गैँडाको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।