नेभिगेशन
सबै कुरा

गैँडा मार्ने ‘सिरियल किलर, ७ जना पक्राउ

काठमाडौं । यस अघिनै गैँडा मारेर जेल परेर छुटेका समूहले नै चितवन राष्ट्रिय निकुञ्जभित्र खाल्डो खनेर दुईवटा पोथी गैँडा मारेको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीआबी स्रोतका अनुसार सौराहा चपरचुली क्षेत्रभित्र खाल्डोमा पारेर २ पोथी गैँडा मारेको आरोपमा पक्राउ परेका ७ जना मध्ये केही यस अघि पनि गैँडा मारेर खाग तस्करी गरेको कसुरमा जेल परेर छुटेका व्यक्ति छन् । 

Ncell
Extreme Energy

उनीहरूकै संलग्नतामा योजनाबद्धतामा २ पोथी गैँडा मारिएको निष्कर्षमा प्रहरी पुगेको छ । कात्तिक ३० गते खाल्डोमा मृत अवस्थामा खाग झिकिएका दुई गैँडा भेटिएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट गैँडाको खाग समेत बरामद भएको छ । 

पक्राउ परेकाहरूको बयान अनुसार उनीहरूले गैँडा पानी खान हिड्ने बाटोको निगरानी गरि ४ वटा खाल्डो खनेका थिए । 

निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको चेकपोष्ट भन्दा करिब तीन किलोमिटरको दूरीमा खनिएका खाल्डोमा गैंडा मृत फेला परेका थिए । 

यसअघिसमेत गतवर्ष माघमा नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नारायणी किनारमा पनि करेन्ट लगाएर दुईवटा गैँडा मारिएका थिए । 

चितवन राष्ट्रिय निकुञ्जको अभिलेखले पछिल्लो समय गैँडाको विभिन्न कारणले मृत्यु भइरहेको देखाउँछ । 

निकुञ्जको तथ्याङ्कअनुसार २०७८ मा मात्रै ३७ गैंडा मृत भेटिएका थिए । त्यस्तै २०७९ मा पनि विभिन्न कारणले २२ वटा गैँडाको मृत्यु भएको थियो । नेपालमा दुर्लभ एक सिंगे गैँडाको संख्या ७५२ छ । त्यसमध्ये करिब ६९४ गैँडाको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...