नेभिगेशन
सबै कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डा. स्वर्णिम वाग्ले, थपिए पदाधिकारी र केन्द्रिय सदस्य

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाएको छ । उपसभापतिमा उनि दोस्रो वरियतामा छन् भने पार्टीमा तेस्रो वरियतामा हुने छन् । उपसभापतिको पहिलो वरियतामा डोलप्रसाद अर्याल छन् । त्यस्तै रास्वपाले सांसद सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई सहमहामन्त्री मनोनित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय दलको उपनेतामा भने विराजभत श्रेष्ठ चयन भएका छन् । रास्वपाले कोषाध्यक्ष र सहकोषाध्यक्ष पनि मनोनित गरेको छ  । कोषाध्यक्षमा लिमा अधिकारीलाई मनोनय गरेको छ भने सहकोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहरा चयन भएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै अनिल केशरी शाह, राजन गौतम, डा.नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ । यस्तै रास्वपा १४ जना सांसदहरूलाई पनि केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने निर्णय गरेको छ । यस अघि कार्यसमितिमा नरहेका सबै सांसदलाई पार्टीले केन्द्रीय सदस्य बनाएको हो । 

यो निर्णयसँगै संसदीय दलका उपनेता समेत रहेका विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा.स्वर्णिम वाग्ले, डा. चन्दा कार्की(भण्डारी) असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत पनि केन्द्रीय सदस्य भएका छन् । 

महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको बैठकले १२ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा अध्यक्ष रवि लामिछानेसहित, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्रीत्रय कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, कोषाध्यक्ष लिमा अधिकारी अधिकारी र सहकोषाध्यक्षद्वय बसुमाया तामाङ र दीपक बोहोरा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...