नेभिगेशन
सबै कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डा. स्वर्णिम वाग्ले, थपिए पदाधिकारी र केन्द्रिय सदस्य

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाएको छ । उपसभापतिमा उनि दोस्रो वरियतामा छन् भने पार्टीमा तेस्रो वरियतामा हुने छन् । उपसभापतिको पहिलो वरियतामा डोलप्रसाद अर्याल छन् । त्यस्तै रास्वपाले सांसद सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई सहमहामन्त्री मनोनित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय दलको उपनेतामा भने विराजभत श्रेष्ठ चयन भएका छन् । रास्वपाले कोषाध्यक्ष र सहकोषाध्यक्ष पनि मनोनित गरेको छ  । कोषाध्यक्षमा लिमा अधिकारीलाई मनोनय गरेको छ भने सहकोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहरा चयन भएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै अनिल केशरी शाह, राजन गौतम, डा.नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ । यस्तै रास्वपा १४ जना सांसदहरूलाई पनि केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने निर्णय गरेको छ । यस अघि कार्यसमितिमा नरहेका सबै सांसदलाई पार्टीले केन्द्रीय सदस्य बनाएको हो । 

यो निर्णयसँगै संसदीय दलका उपनेता समेत रहेका विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा.स्वर्णिम वाग्ले, डा. चन्दा कार्की(भण्डारी) असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत पनि केन्द्रीय सदस्य भएका छन् । 

महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको बैठकले १२ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा अध्यक्ष रवि लामिछानेसहित, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्रीत्रय कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, कोषाध्यक्ष लिमा अधिकारी अधिकारी र सहकोषाध्यक्षद्वय बसुमाया तामाङ र दीपक बोहोरा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...