नेभिगेशन
समाज

१९औं वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले ‘गरिमा रोड रेस’ आयोजना गर्ने, कति छ पुरस्कार ?

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मंसिर ६ गते, शनिबारका दिन ‘गरिमा रोड रेस’को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । विकास बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ । 

गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ । 

CG

करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५०,००० र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । 

साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले रु.३५,०००, तृतीय स्थान हासिल गर्नेले रु.२०,०००, चौथो स्थान हासिल गर्नेले रु.१५,००० र पाँचौ स्थान हासिल गर्नेले रु.१०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । 
त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही रु २०,०००, तृतीय हुनेले रु १४,०००, चौथो हुनेले रु १०,००० र पाँचौ हुनेले रु.७,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । 

बालुवाटार, काठमाण्डौ स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ । 

प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत रु.२० शुल्क तिरी रजिष्टे«शन गर्न सक्नेछन् । प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा समेत सम्पर्क गर्न सकिनेछ । गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरुको उल्लेख्य सहभागिता हुने विकास बैंकले विश्वास लिएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको PREFUNDING दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग...
अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अडियाे वेरेबल्स एक्सेसोरीज ब्रान्ड Ultima Lifestyle ले १२.१२ अफर घोषणा गरेको छ । जसमा कम्पनीले तीन नयाँ उत्पादन लन्च गर्दै सम्पुर्ण उत्पादनमा आकर्षक छुट र अफरहरु उपलब्ध गराउनेछ...
“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट...