नेभिगेशन
सबै कुरा

स्वीकृति‍बिना नै शेयर बेच्ने घोषणा गरेको भन्दै एनसेल आजियाटालाई प्राधिकरणले काट्यो पत्र

एनसेलको ८० प्रतिशतको हिस्सेदार रहेको मलेसियाको आजियाटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिनानै शेयर बेच्न लागेको खुलेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति आवश्यक पर्ने व्यवस्था स्मरण गराएको हो ।

CG

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको तर आजियाटाले त्यस्तो कुनै पनि स्वीकृति नलिएको प्राधिकरणले बताएको छ  । 

 ७ वर्षअघि एनसेलसँग जोडिएको मलेसियाको आजियटा कम्पनीले बुधबारमात्रै  नेपालमा चुनौती रहेको बताउँदै एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने घोषणा गरेको थियो । 

त्यस्तै शुक्रबारनै अदालतले आजियटाले शेयर विक्री गरेर लगानी फिर्ता लैजान लागेकोबारे कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार मृतक सिंह...
सुन र नगद लुटपाटमा संलग्न चार जना पक्राउ

सुन र नगद लुटपाटमा संलग्न चार जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।...
महेश बस्नेतको विरोध गरेको भन्दै युवा संघको कुटपिटपछि भाग्दा जेनजी युवती सरिता जोशीको हात भाँचियो

महेश बस्नेतको विरोध गरेको भन्दै युवा संघको कुटपिटपछि भाग्दा जेनजी युवती सरिता जोशीको हात भाँचियो

युवा संघको सुदूरपश्चिमस्तरीय भेलामा सहभागी हुन बुधबार धनगढी आइपुगेका बस्नेको विरोध गर्दै करिब २० जनाको सङ्ख्यामा जेनजी युवाहरू धनगढी विमानस्थलमा विरोध प्रदर्शन गरेका थिए।
छोराको कुटाईबाट बुबाको मृत्यु

छोराको कुटाईबाट बुबाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो । घरायसी विवादमा छोराले गए राति बुबालाई...