नेभिगेशन
मुख्य समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा  जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५ वर्षीया धाना विष्टको मंगलबार विहान मृत्यु भएको हो । हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गर्दा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

CG

जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माघ लागेपछि किसानले बल्ल सुन्तला टिप्न थाले

माघ लागेपछि किसानले बल्ल सुन्तला टिप्न थाले

यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम...
बालेनको निर्वाचन क्षेत्रमा सुरु भयो रास्वपाकाे घरदैलो

बालेनको निर्वाचन क्षेत्रमा सुरु भयो रास्वपाकाे घरदैलो

आज बिहान दमक ९ स्थित उराव बस्तीबाट सुरू भएको घरदैलो पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै समापन गरिएको थियो...
आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल

आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल

उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए । अर्थतन्त्रलाई टेवा पुग्नेगरी आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने स्पष्ट नीति...
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

दुई अङ्क जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अङ्कका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।