नेभिगेशन
सबै कुरा

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतको आदेशबमोजिम धरौटी बुझाउने ४ जनालाई अदालत लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले दिएको आदेशबमोजिम धरौटी बुझाएका ४ जनालाई अदालत लगिएको छ ।

शुक्रबार उच्च अदालत पाटनले उक्त प्रकरणमा ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जसमध्ये आइतबार नै धरौटी बुझाएका नरेन्द्र केसी,  हरिभक्त महर्जन, शम्शेर मिया र आशिष बुढाथोकीलाई तारेखका लागि अदालत लगिएको हो। 

CG

आइतबार नै अदालतमा धरौटी बुझाएका उनीहरुलाई तारेखका लागि उपस्थित गराउन अदालतले आइतबार नै पत्र पठाएको थियो। 

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएकामध्ये नरेन्द्र केसी र शमशेर मियाँसँग १०/१० लाख तथा टेकनाथ रिजाल र हरिभक्त महर्जनसँग १५/१५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो भने सन्दीप रायमाझीलाई ३० लाख र रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार मृतक सिंह...
सुन र नगद लुटपाटमा संलग्न चार जना पक्राउ

सुन र नगद लुटपाटमा संलग्न चार जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।...
महेश बस्नेतको विरोध गरेको भन्दै युवा संघको कुटपिटपछि भाग्दा जेनजी युवती सरिता जोशीको हात भाँचियो

महेश बस्नेतको विरोध गरेको भन्दै युवा संघको कुटपिटपछि भाग्दा जेनजी युवती सरिता जोशीको हात भाँचियो

युवा संघको सुदूरपश्चिमस्तरीय भेलामा सहभागी हुन बुधबार धनगढी आइपुगेका बस्नेको विरोध गर्दै करिब २० जनाको सङ्ख्यामा जेनजी युवाहरू धनगढी विमानस्थलमा विरोध प्रदर्शन गरेका थिए।
छोराको कुटाईबाट बुबाको मृत्यु

छोराको कुटाईबाट बुबाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो । घरायसी विवादमा छोराले गए राति बुबालाई...