नेभिगेशन
सबै कुरा

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

रसुवा : चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले  नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी  कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले  जानकारी दिए ।   

चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा  प्रहरीले बरामद गरेको उनले बताए । 

CG

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो  ।

यस्तै जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेश गरेको छ । यसरी पेश भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध  छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार मृतक सिंह...
सुन र नगद लुटपाटमा संलग्न चार जना पक्राउ

सुन र नगद लुटपाटमा संलग्न चार जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।...
महेश बस्नेतको विरोध गरेको भन्दै युवा संघको कुटपिटपछि भाग्दा जेनजी युवती सरिता जोशीको हात भाँचियो

महेश बस्नेतको विरोध गरेको भन्दै युवा संघको कुटपिटपछि भाग्दा जेनजी युवती सरिता जोशीको हात भाँचियो

युवा संघको सुदूरपश्चिमस्तरीय भेलामा सहभागी हुन बुधबार धनगढी आइपुगेका बस्नेको विरोध गर्दै करिब २० जनाको सङ्ख्यामा जेनजी युवाहरू धनगढी विमानस्थलमा विरोध प्रदर्शन गरेका थिए।
छोराको कुटाईबाट बुबाको मृत्यु

छोराको कुटाईबाट बुबाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो । घरायसी विवादमा छोराले गए राति बुबालाई...