नेभिगेशन
मुख्य समाचार

एनपिएलः एडमको शतकमा कर्णालीलाई पोखराको २०२ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत मंगलबारको दोस्रो खेलमा एडम रोसिङटनको शतकमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २०१ रन बनायो ।

CG

यो जारी सिजनको दोस्रो उच्च स्कोर हो । यसअघि विराटनगर किङ्सले पनि पोखराविरूद्ध २२० रन हिर्काएको थियो । यो एनपिएलमा हालसम्म उच्च हो ।

आज पोखराका लागि यो स्कोर खडा गर्नमा एडमले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे । यस्तै, जेशन रोयले ४६, धनन्जय लक्षनले २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।

कर्णालीका  नन्दन यादव र मार्क वाटले एक/एक विकेट लिए । दुवैै टोलीका लागि यो खेल ‘प्लेअफ’ पुग्न महत्त्वपूर्ण छ । चारमा एक खेलमात्रै जितेको पोखरालाई यो खेल जिते ‘प्लेअफ’को यात्रामा पुग्न सहज हुनेछ ।

कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ । यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई छ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...
बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।
तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत  (तस्बिरहरु)

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरहरु)

आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको...