नेभिगेशन
समाज

एनपिएलः एडमको शतकमा कर्णालीलाई पोखराको २०२ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत मंगलबारको दोस्रो खेलमा एडम रोसिङटनको शतकमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २०१ रन बनायो ।

Ncell
Extreme Energy

यो जारी सिजनको दोस्रो उच्च स्कोर हो । यसअघि विराटनगर किङ्सले पनि पोखराविरूद्ध २२० रन हिर्काएको थियो । यो एनपिएलमा हालसम्म उच्च हो ।

आज पोखराका लागि यो स्कोर खडा गर्नमा एडमले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे । यस्तै, जेशन रोयले ४६, धनन्जय लक्षनले २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।

कर्णालीका  नन्दन यादव र मार्क वाटले एक/एक विकेट लिए । दुवैै टोलीका लागि यो खेल ‘प्लेअफ’ पुग्न महत्त्वपूर्ण छ । चारमा एक खेलमात्रै जितेको पोखरालाई यो खेल जिते ‘प्लेअफ’को यात्रामा पुग्न सहज हुनेछ ।

कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ । यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई छ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुठीको जग्गा अतिक्रमण गरी बनाइएका व्यक्तिगत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई सूचना जारी गरेको छ।
लमजुङको फलेनीमा १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा

लमजुङको फलेनीमा १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङको फलेनीमा ७९.४ मिलिमिटर मापन भएको छ।
बाँदरबाट बच्न किसानले लगाए यस्तो उपाय

बाँदरबाट बच्न किसानले लगाए यस्तो उपाय

बाँदरले कम क्षति गर्ने र बजारमा राम्रो मूल्य पाइने भएपछि भोजपुरका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन्।