नेभिगेशन
समाज

कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते

काठमाडौँ । काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मंगलबार अपराह्न ‘डिउटी’मा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो ।

Ncell
Extreme Energy

दुर्घटनामा पहिचान नखुलेका एक पुरुष पैदलयात्रीको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा घाइते उहाँको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत  ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन् । कार दुई जनालाई ठक्कर दिएर नजिकैको पर्खालमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुठीको जग्गा अतिक्रमण गरी बनाइएका व्यक्तिगत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई सूचना जारी गरेको छ।
लमजुङको फलेनीमा १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा

लमजुङको फलेनीमा १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङको फलेनीमा ७९.४ मिलिमिटर मापन भएको छ।
बाँदरबाट बच्न किसानले लगाए यस्तो उपाय

बाँदरबाट बच्न किसानले लगाए यस्तो उपाय

बाँदरले कम क्षति गर्ने र बजारमा राम्रो मूल्य पाइने भएपछि भोजपुरका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन्।