नेभिगेशन
मुख्य समाचार

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने जानकारी दिएका छन् । 

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार तीन बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिए ।

CG

परमादेशको प्रति प्राप्त भएपछि आफुले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको उनले बताए । त्यस्तै सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपालना गर्न तयार रहेको जिकिर गरे ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा सवै दलले सहयोग गर्ने दावी गर्दै विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो रहेको धारणा व्यक्त गरे ।
उनले बिभिन्न दलसंग छलफल गरेको र सहयोग गर्ने जानकारी प्राप्त भएको बताए । बिगतमा एमालेले अन्य दललाई सहयोग गरेकाले यस पटक अन्य दलले एमालेलाई समर्थन गर्ने उनको विश्वास छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै