नेभिगेशन
समाज

एनपिएलः कर्णाली बाहिरियो, पोखराको दोस्रो जित

काठमाडौँ । कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज पोखरा एभेन्जर्ससँग ३४ रनले  पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ ।

Ncell
Extreme Energy

जितका लागि पाएको २०२ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । उसका मार्क वाटले सर्वाधिक ५९ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । 

पोखराका रिसी धवनले सर्वाधिक ३ विकेट झारे । यसअघि  त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनायो ।

यो जारी सिजनको दोस्रो उच्च स्कोर पनि हो । यसअघि विराटनगर किङ्ग्सले पोखराविरूद्ध नै २२० रन हिर्काएको थियो । जुन एनपिएल इतिहासमै उच्च हो । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे । 

यस्तै जेशन रोयले ४६, धनन्जय लक्षनले अविजित २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे । कर्णालीका  नन्दन यादव र मार्क वाटले १र१ विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुठीको जग्गा अतिक्रमण गरी बनाइएका व्यक्तिगत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई सूचना जारी गरेको छ।
लमजुङको फलेनीमा १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा

लमजुङको फलेनीमा १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङको फलेनीमा ७९.४ मिलिमिटर मापन भएको छ।
बाँदरबाट बच्न किसानले लगाए यस्तो उपाय

बाँदरबाट बच्न किसानले लगाए यस्तो उपाय

बाँदरले कम क्षति गर्ने र बजारमा राम्रो मूल्य पाइने भएपछि भोजपुरका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन्।