नेभिगेशन
मुख्य समाचार

विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्नेः संयोजक दाहाल

काडमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताएका छन् ।

चौतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण अपाङ्ग समुदायप्रति  सम्मान तथा शुभकामना व्यक्त गर्दै उनले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हामी सबैको साझा जिम्मेवारी भएको बताएका हुन । संयोजक दाहालले समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा तथा रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सकिने सन्देशमा उल्लेख गरेका छन् ।

CG

संयोजक प्रचण्डले भने, ‘आजको दिन केवल संयुक्त राष्ट्र सङ्‌घद्वारा सन् १९९२ मा घोषणा गरिएको दिवस मनाउने औपचारिकता मात्र होइन। नेपालको संविधानले प्रत्याभूत गरेका अधिकार र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ को पूर्ण कार्यान्वयनमार्फत सम्मानजनक, समावेशी र अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि प्रतिवद्धता दोहोर्याउने अवसर पनि हो।’

591839454_1367706504719742_324720907829478528_n-1764739028.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १०० कायम भएको छ । बुधबार चाँदीको मोल रु ११० ले बढेर तोलामा...
अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उहाँहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने...
उज्यालो पार्टी आज औपचारिक घोषणा हुँदै, कुलमान प्रमुख अतिथि

उज्यालो पार्टी आज औपचारिक घोषणा हुँदै, कुलमान प्रमुख अतिथि

दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवनमा हुने घोषणा सभामा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजना सार्वजनिक गरिने बताइएको छ ।
काठमाडौँमा आज दिनभर आंशिक बदली हुने

काठमाडौँमा आज दिनभर आंशिक बदली हुने

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।