नेभिगेशन
समाज

जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

बाजुरा । जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन भएका उनका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बसिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामान्य कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आएको यो परिवारमा छोराको अल्पायुमै निधनसँगै भविष्य अन्धकारमय बनाइदिएको छ ।

Extreme Energy
Everest cinsult

सामान्य साक्षर ओब्जनका बुबा मणिपाल बुढाले भने, ‘दुई वर्षपछि छोरा घर फर्कने तयारीमा थियो । आन्दोलनअघि छोराले फोन गरेर अब घर आउने तयारी गरेको छु भनेको थियो । कानुन पढेर अधिवक्ता बन्ने छोराको सपना थियो तर कहिल्यै नफर्किने गरी गयो । छोरालाई वकिल बनेको देख्ने सपना पनि सदाका लागि समाप्त भयो ।’

ओब्जन उनका दोस्रो सन्तान थिए ।

गाउँमै रहेको रुपाली आधारभूत विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका ओब्जनले गाउँमा माध्यामिक तहको विद्यालय नभएपछि बाजुराकै कोल्टी पुगेर कक्षा ८ सम्म अध्ययन गरे । कोल्टीमा बसाइको समयमा कोठा भाडासमेत तीर्नसक्ने आर्थिक अवस्था नभएपछि छिमेकी जिल्ला मुगुकी शिक्षिका शारदा शाहीको घरमा सहारा लिएर पढ्न थाले ।

शिक्षिका शाहीको घरमा बिहान–बेलुका घरायसी काम सघाउने र दिउँसो विद्यालय जाने गर्थे बुढाले । घरमा आश्रय दिएर राख्ने शिक्षिका शाहीको बसाइ काठमाडौं हुन थालेपछि बुढा पनि उनीसँगै ६ वर्षअघि माध्यमिक र उच्च शिक्षा हासिलका लागि काठमाडौं पुगे ।

ओब्जनका दाजु कपुर बुढाले भने, ‘भाइले एसइई र कक्षा १२ सम्मको अध्ययन अर्काको सहारामा पढ्न पाएपछि आफैं काठमाडौंमा अलग कोठा भाडामा लिएर उच्च शिक्षा अध्ययन गरिरहेको ६ महिना भएको थियो, जेनजी आन्दोलनमा निधन भयो,’ उनलाई आश्रय दिएका शिक्षिका शाहीको परिवारिक र अन्य कारणले उनको घरमा बस्न असजिलो भएपछि बुढा अलग्गै बसेर अध्ययन गर्दै थिए ।

अरुको सहाराबाट अलग भएपछि बुढालाई आर्थिक समस्या थपिन थालेको थियो । क्याम्पसको पढाइ शुल्क, कोठा भाडा र खाना खर्चको भार थपिन थालेपछि उनले घरमा फोन गरेर आमा बुबा र दाजुलाई आफ्नो विदेश जाने योजना सुनाएका थिए ।

उच्च शिक्षा हासिल गरेर देशमै रोजगारी गर्ने इच्छा भएर पनि कमजोर आर्थिक अवस्थाका कारण काठमाडौंको बसाइ थप कठिनाइ हुन थालेपछि उनको विदेश जाने योजना बनेको थियो ।

पहिले देशमै रोजगारी गर्ने र गाउँमै बसेर समाज सेवा गर्ने सोच पनि उनको थियो । पढाइपछि अधिवक्ता बनेर न्याय नपाएर पीडित भएकालाई न्याय दिलाउने योजना बनाएका बुढाले आन्दोलनको दुई दिनअघि भदौ २१ गते घरमा फोन गरेर विदेश जाने खबर सुनाए । उनको विदेश जाने योजना सुनेर छिमेकी र आफन्तजनमा पनि चिन्ता थपियो ।

गाउँमा मिजासिलो स्वभाव र हरेक सामाजिककार्यमा सक्रिय भएर लाग्ने बुढाको विदेश जाने योजनाले उनका बुबाआमा त्यति खुसी भएका थिए । पढाइ सकेपछि सरकारी जागिर खाएर घरको आर्थिक जिम्मेवारी बहन गर्ने आशमा बसेका घरपरिवारका सदस्यलाई उनको विदेश जाने योजनाले थप चिन्तित बनायो ।

परिवारका सदस्यले विदेश नजान सल्लाह दिए पनि बुढाले देशमै रोजागरी नभएपछि विदेश जानैपर्ने बाध्यता सुनाए । भदौ २३ गते जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र बेथितिविरुद्ध गरेको प्रदर्शनमा बुढा चावहिलतर्फबाट आन्दोलनमा सहभागी भएका थिए ।

शान्तिपूर्ण प्रदर्शनको अग्रपङ्तिमा रहेका बुढा नारा लगाइरहेका थिए । प्रदर्शनका क्रममा चलेको गोली लागेर घाइते भएका बुढाको अस्पतालमा उपचारकै क्रममा दोस्रो दिन मृत्यु भएको थियो । जेनजी आन्दोलन बारेको सूचना पाएका घरपरिवारका सदस्यले ओब्जनलाई फोनमा कुरा गर्न खोजे पनि सम्पर्क हुन सकेन । आन्दोलनको चार दिनपछि मात्र घरपरिवारका सदस्यलाई बुढाको निधनको खबर सुनाइएको थियो ।

निधनको खबर पाउँदा बुढाको परिवार शोकमा डुब्यो, छरछिमेकमा सन्नाटा छायो । बाजुरा जस्तो भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा बसिरहेका उनका बुवाआमालाई छोराको शवको मुख हेर्न काठमाडौं जाने कुरा भयो तर काठमाडौं जानसमेत आर्थिक अभाव थियो ।

आर्थिक समस्या भएर पनि बुढाका बुवाआमा अरुसँग सहयोग मागेर नेपालगञ्ज पुगे पनि नेपालगञ्जमा जहाजको टिकट काट्न नपाउँदा रोकिनुपर्‍यो । सहयोगी हातले हवाइजहाजको टिकट काटेर आफूहरूलाई काठमाडौं पुर्‍याइदिएको ओब्जनकी आमा बताउँछिन् ।

उनले भनिन, ‘छोरा आन्दोलनमा गोली लागेर मरे पनि मलाई शोकाकुलको अवस्थामा सान्त्वना दिने अरु थुप्रै छोरा जन्मिएको पाएँ, आफू शोकमा परे पनि हजारौं छोराले सान्त्वना दिँदा चित्त बुझाएर बसेकी  छु ।’

जेनजी आन्दोलनमा मृत्यु भएका ओब्जन बुढासहितलाई सरकारले शहीद घोषणा गरेर १५ लाख रुपैयाँ राहत दिएको छ । बुबा मणिपालले पीडा पोख्दै भने, ‘पढाइपछि अधिवक्ता बनेर पीडितलाई न्यायदिने छोराको सपना अधुरै रह्यो ।’

पहिले मणिपाल घरको कृषिको काम सकाएर ६ महिनाका लागि कामको खोजीमा भारत पुगेर पनि कमाइ गर्थे । ओब्जनको निधनपछि उनका बुबालाई सरकारले चितवनको आयल निगममा नोकरी पनि दिएको छ ।

तीन भाइ र आमा बुवालाई आर्थिक अभावले कुनै समस्या आउन नदिने बाचा गरेको भाइको निधनपछि आफूहरूको आस पनि मरेको ओब्जनका दाजु कपुरराज बताउँछन् । भाइ प्रज्वललाई देशकै अब्बल खेलाडी बनाउने ओब्जनको योजना पनि अब सपना भएको छ ।

प्रज्वलले भने, ‘दाइले विदेशमा पुगेर हुने कमाइपछि काठमाडौंमा आफूलाई खेलकुद सिकाउन लगानी गरेर देशकै खेलाडी बनाउने योजना पनि थियो, फुटबल र क्रिकेटमा रुची भएकाले दाइले एसइई पास गरेपछि काठमाडौंमा खेलको प्रशिक्षण लिनुपर्छ भन्नुभएको थियो तर निधनपछि अब आस र भरोसा टुट्यो ।’

आफूलाई पढ्न प्रेरित गर्ने दाइको माया भने अब कहिल्यै नपाउने गरी सकिएको उनी बताउँछन् । जेनजी आन्दोलनको प्रदर्शनमा सहभागी भएका यहाँको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनका साजन रोकाया पनि घाइते भएका थिए । उनी पनि पढाइको सिलसिलामा काठमाडौंमा थिए ।- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१४ हजार विद्यार्थीको मुटु रोग तथा बाथ रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका

१४ हजार विद्यार्थीको मुटु रोग तथा बाथ रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका

४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ । महानगरपालिकाको स्वास्थ्य विभागले...
खटाइएको स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

खटाइएको स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘निर्णय बमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रवाह प्रभावित भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ।’
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए ।
निजी विद्यालयमा कानुनविपरीत लिइँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन

निजी विद्यालयमा कानुनविपरीत लिइँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि...

भर्खरै