नेभिगेशन
मुख्य समाचार

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ स् प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएका छन् ।

२२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

CG

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गरिन्  । “सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराइ युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासको मार्गमा लैजानु नै हाम्रो दायित्व हो”, उनले भनिन्, “त्यसैले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकार पूर्णरूपमा तयारीमा जुटिरहेको छ । यस अभियानलाई सफल बनाउन सबै नेपालीको सहयोग अपेक्षा गर्दछु ।”
 
उनले ५०० भन्दा बढी गुठीहरूले सम्हाल्दै आएको सांस्कृतिक परम्परा, जात्रा–पर्वलाई संरक्षण र प्रवद्र्धन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । त्यसका लागि सरकारले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

 प्रधानमन्त्री कार्कीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संस्कृतिलाई पर्यटनसँग जोडेर अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने क्रममा मौलिक नीतिहरूलाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः चितवन टस जितेर बलिङ गर्दै

एनपिएलः चितवन टस जितेर बलिङ गर्दै

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा  चितवनले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा...
एनपिएलः काठमाडौँ प्लेअफमा सुरक्षित

एनपिएलः काठमाडौँ प्लेअफमा सुरक्षित

काठमाडौँले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा अलआउट भयो । पोखराका ऋषि धवनले सर्वाधिक ५४ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन...
एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

एनपिएलमा यसअघि यति छिटो कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी  हर्मित सिंहले काठमाडौँ विरूद्ध १९ बलमा अर्धशतक...
जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

प्रज्वलले भने, ‘दाइले विदेशमा पुगेर हुने कमाइपछि काठमाडौंमा आफूलाई खेलकुद सिकाउन लगानी गरेर देशकै खेलाडी बनाउने योजना पनि थियो, फुटबल र क्रिकेटमा रुची भएकाले दाइले एसइई पास गरेपछि...