नेभिगेशन
समाज

प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक: आयोग र सुरक्षा निकायले गर्ने छन् राजनीतिक दललाई बृफिङ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाएकी छिन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार आजको बैठकमा राजनीतिक दल सहित निर्वाचन आयोगका आयुक्त, सुरक्षा निकायका अधिकारी तथा जेनजी प्रतिनिधिहरू पनि सहभागी हुँदै छन् ।
बैठकमा सरकारले फागुन २१ को निर्वाचनको तयारीका विषयमा बृफिङ गर्ने छ । त्यसपछि निर्वाचन आयोगका आयुक्तहरुले निर्वाचनका विषयमा पछिल्लो समय भैरहेका  बहसका विषयमा आयोगको अवस्था जानकारी गराउने छन् । मुख्यतः राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, चुनावको तयारी, कानुनी जटिलता, स्रोतसाधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे बृफिङ गर्न छन् । साथै अहिले चरणबद्ध निर्वाचन, बेजिल्ला मतदान, विदेशबाट मतदान लगायतका विषयमा चर्चामा छन् । यी विषयहरुमा आयोगको क्षमता र तयारी बृफिङ हुने छ । 
यस्तै केहि राजनीतिक दलहरुले निर्वाचनका सुरक्षा चुनौतीको विषय उठाएकाले सुरक्षा निकायका उच्च अधिकारीहरुले नै अहिलेको सुरक्षा अवस्था बारे बृफिङ गर्ने छन् । 
आजको बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभाका निर्वाचन र फागनु २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन माथि केन्द्रीत हुने रावलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...