नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक: आयोग र सुरक्षा निकायले गर्ने छन् राजनीतिक दललाई बृफिङ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाएकी छिन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार आजको बैठकमा राजनीतिक दल सहित निर्वाचन आयोगका आयुक्त, सुरक्षा निकायका अधिकारी तथा जेनजी प्रतिनिधिहरू पनि सहभागी हुँदै छन् ।
बैठकमा सरकारले फागुन २१ को निर्वाचनको तयारीका विषयमा बृफिङ गर्ने छ । त्यसपछि निर्वाचन आयोगका आयुक्तहरुले निर्वाचनका विषयमा पछिल्लो समय भैरहेका  बहसका विषयमा आयोगको अवस्था जानकारी गराउने छन् । मुख्यतः राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, चुनावको तयारी, कानुनी जटिलता, स्रोतसाधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे बृफिङ गर्न छन् । साथै अहिले चरणबद्ध निर्वाचन, बेजिल्ला मतदान, विदेशबाट मतदान लगायतका विषयमा चर्चामा छन् । यी विषयहरुमा आयोगको क्षमता र तयारी बृफिङ हुने छ । 
यस्तै केहि राजनीतिक दलहरुले निर्वाचनका सुरक्षा चुनौतीको विषय उठाएकाले सुरक्षा निकायका उच्च अधिकारीहरुले नै अहिलेको सुरक्षा अवस्था बारे बृफिङ गर्ने छन् । 
आजको बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभाका निर्वाचन र फागनु २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन माथि केन्द्रीत हुने रावलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढ्न खोजेको राप्रपा नेता शाहीको आरोप

वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढ्न खोजेको राप्रपा नेता शाहीको आरोप

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगाएतका माग जेनजी आन्दोलनको रहेपनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएको बताएका हुन ।
दिल्लीमा मोदी–पुटिन भेटः रणनीतिक साझेदारीको नयाँ चरण

दिल्लीमा मोदी–पुटिन भेटः रणनीतिक साझेदारीको नयाँ चरण

सन् २०२१ डिसेम्बर पछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गरे । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म...
रवि लामिछानेको तोडिएको रेकर्ड नेपाल फर्काउने तयारीमा पत्रकार गौरव पौडेल, १ सय घण्टा लगातार अन्तर्वार्ता गर्ने

रवि लामिछानेको तोडिएको रेकर्ड नेपाल फर्काउने तयारीमा पत्रकार गौरव पौडेल, १ सय घण्टा लगातार अन्तर्वार्ता गर्ने

यसअघि नेपालकै रास्वपा सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट अव विश्वले चिन्ने छ नेपाल शिर्षकमा ६२ घण्ट १२ मिनेट लामो अन्तर्वार्तामार्फत विश्वकिर्तिमान बनाएका थिए ।...
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो...

भर्खरै