नेभिगेशन
सबै कुरा

कानुनको ब्याख्या गर्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, जो आफ्नै श्रीमतीलाई विवाह दर्ता गरिदिदैनन् (भिडियो रिपोर्ट)

काठमाडौं । अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । समाजमा हिंसाविरुद्ध खरो प्रतिवाद गर्ने एक जना कानुन विज्ञ, वरिष्ठ अधिवक्ताकै श्रीमती भने श्रीमानबाट विवाह दर्ता सम्म नपाएर गुहार माग्दै हिँडेकी छिन् । साथै वरिष्ठ अधिवक्ताले नै मर्ने मार्ने धम्की दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

अधिवक्ता समेत रहेकी जानकी पाण्डे, कानुनका विज्ञका रुपमा चिनिने वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारीकी श्रीमती हुन् । उनीहरुको विवाह भएको ६ वर्ष भयो । यो स्वयं  भण्डारीले नै स्वीकार गरेका छन् । 

पारिवारिक सहमतिपछि परम्परागतरुपमा विवाह भएकी पाण्डे, भण्डारीकी तेस्रो श्रीमती हुन । यसअघि दुई श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका भण्डारीलेनै पहिलो सम्बन्ध विच्छेद गरेकी पाण्डेलाई प्रस्ताव राखेर २०७४ साल माघमा विवाह गरेका थिए । दुबैतर्फका परिवारको सानो जमघट गरेर भण्डारीले पाण्डेलाई घर भित्र्याए । त्यसपछि पाण्डे भण्डारीकै घरमा छिन् । तर उनीहरुको अहिलेसम्म विवाह दर्ता भएको छैन । 

सम्बन्ध सुमधुर भएको भए विवाह दर्ता जटिल विषय पनि थिएन तर वरिष्ठ अधिवक्ता भण्डारी र पाण्डेको सम्बन्ध चिसिएको छ । पाण्डेका अनुसार घर भित्र्याएको दिननै भण्डारी रसिया उडेका थिए । रसियाबाट ३ महिनामा फर्किएर आएपछि मात्रै सिन्दुर पोते भएको थियो । तर त्यसपछि पाण्डेको श्रीमतीप्रतिको व्यवहार फेरियो । 

पाण्डेको पनि पुरानो घरजम बिग्रिएपछि छोरीको भविष्यका लागि पनि दोस्रो घरजम सुमधुर बनाउन चाहन्थिन् । पाण्डेकी छोरीलाई सुरेन्द्रले पनि खुब माया गर्थे । बाबु छोरीको सम्बन्धकै कारण पाण्डेले सहेर बसेको बताउँछिन् । तर सम्बन्ध फेरिएन । घरमा कार्यालयको काम, मिटिङ भएको बताउने भण्डारी अन्य महिलाहरुसँग होटलमा पुग्ने गरेको आरोप श्रीमती पाण्डेको छ । पाण्डे भन्छिन्, ‘अभियानका लागि बैठक भन्दै घरबाट निस्कीएको मान्छे मध्यरातमा घर आउँदा झोलामा प्रयोग भएको अस्थायी साधन भेटियो ।’

तर सम्बन्ध ठुलो सोचेकी पाण्डेलाई गत वर्षको तिजमा अर्को झड्का लाग्यो । भण्डारी बुटवलमा मुद्दाका लागि जानु छ भन्दै विहान घरबाट निस्कीएका थिए । तिजको अघिल्लो दिन पाण्डे, उनकी छोरी र छिमेकी साथीहरु खाना खाएर घर फर्किदै थिए । बाटोमा भण्डारीको गाडी भेटियो । गाडीमा भण्डारी एक्लै थिएनन्, पाण्डेका अनुसार भण्डारी अर्की एक महिलासँग शंकास्पद अवस्थामा थिए । पाण्डेले उनलाई गाडी रोक्न भनिन् । भण्डारीले मानेनन् । गाडी कुदाए । पाण्डले भण्डारीको गाडीलाई पच्याछ्याउन थालिन् । पाण्डेले मध्यरातमा गाडी रोकिदिन प्रहरीलाई पनि गुहारिन् । 

तर भण्डारी भागे । अर्को दिन घरमा आउँदै आफ्नो वकिल साथी भएको र मुद्दाका विषयमा छलफलका लागि गाडीमा राखेको जवाफ दिए । तर ति महिला को हुन भन्ने बताउन सकेनन् । 

हामीले पनि भण्डारीलाई ति महिला को थिइन् भनेर सोध्याँै । उनले भन्न नमिल्ने बताए । उनले महिला आयोगमा दिएको जवाफमा पनि ति महिलाको बारेमा खुलाएका छैनन् । 

त्यसपछि पनि उनीहरु कहिले सँगै त कहिले फरक फरक बस्ने भैरह्यो । यही विचमा पाण्डे विदेश जानु पर्ने भयो । तर पासर्पोटको म्याद सकिन लागेकाले नयाँ पासपोर्ट आवश्यक भयो । अहिले अनिवार्य गरिएको इपासर्पोटका लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्छ । विवाहित पाण्डेलाई राष्ट्रिय परिचय पत्र बनाउन पहिला विवाह दर्ता आवश्यक पर्यो । वडा कार्यालयले भने अनुसार नै पाण्डेले फाराम भरेर भण्डारीलाई देखाइन् । उनले विवाह मिति आफू भण्डारीको घरमा भित्रिएको दिन नै उल्लेख गरिन् । तर वरिष्ठ अधिवक्ता भण्डारीले त्यस दिनको विवाह दर्ता गर्न मानेनन् । 

उनले २०७९÷८० को मात्रै विहे दर्ता गर्न आफू तयार रहेको ढिपी गरे । पाण्डेले यसअघिका श्रीमान्को सम्पत्तीको अंशबण्डा नामसारी नहुँदै आफूले विहे गरेकोले त्यहि समयमा दर्ता गर्दा आफू कानुनी अल्झन्मा फस्ने भएकाले विहे दर्ता नगर्ने भण्डारीले बताए । 

भण्डारीले हामीसँग पनि सोहि कुरा दोहार्यााए । हामीले कानुनको कुन व्यवस्थामा नामसारी नहुँदै विहे दर्ता गर्न हुँदैन लेखिएको छ भन्ने हाम्रो जिज्ञासामा भने उनले कानुनी व्यवस्था खुलाउन सकेनन् । 

भण्डारीले बरु अहिले आएर श्रीमतीलाई मार्ने वा आफूलाई मार्ने भन्दै धम्की दिन थालेका छन् । भण्डारीले पाण्डेकी पूर्वन्यायाधीश दाजु तथा सेनाको उच्च पदबाट रिटायर्ड उनका साथीकै अघि एकले अर्कालाई मारेमात्र विवाह दर्ताको समस्या मिल्ने धम्की दिएका थिए । 

समाजमा कानुनको व्याख्या गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय मुद्दामा बहस गर्ने वरिष्ठ अधिवक्ता भण्डारी आफ्नो जिम्मेवारी पुरा गर्न चुकेका छन् । उनले कानुननै हातमा लिने प्रयास गरेका छन् । भण्डारीले हामीसँग भने आफूले त्यस्तो नभनेको र काटछाँट गरिएको दाबी गरे । 

भण्डारीले यसअघि दुई श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेका छन् । सबैसँग अंशबण्डा पनि गरेका छन् । तर अहिले पनि पाण्डेले पहिलो श्रीमतीतर्फका छोराको नाममा सम्पत्ती खरिद गरेका छन् भने केही व्यवसाय समेत सञ्चालन गरेका छन् । जबकी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद हुँदा नै अंशबण्डा गरिसेकका थिए । यो विषय उनले आफँै स्वीकार गरेका छन् । 

भण्डारीकै तर्क मान्ने हो भने पनि उनले समेत यसअघि सम्बन्ध विच्छेद भएर अंशबण्डा भएका अंशियारको नाममा अहिले पनि कारोबार गरिरहेका छन् तर श्रीमती पाण्डेलाई भने अंश नामसारी ढिला भएकाले विवाह दर्ता पनि पछि नै गर्नुपर्ने भन्दै आएका छन् । 

साथै भण्डारीले आफ्नो सम्बन्ध विच्छेदको प्रमाणपत्र पनि बल्ल निकालेका छन् । पाण्डेको अंश र आफ्नो सम्बन्ध विच्छेदको प्रमाणपत्र अहिले हात परेकाले अहिलेकै समयमा विहे दर्ता गर्नु पर्ने भण्डारीको दाबी छ । 

तर पाण्डे भने भण्डारीको नियत खराब भएकाले भण्डारीको श्रीमती भनेर घरमा भित्रिएकै दिन विवाह दर्ता हुनु पर्ने माग गर्छिन् । अहिलेको विवाह दर्ताको मिति राखेर आफूलाई फसाउन खोजेको उनको आरोप छ । 

अधिवक्ता दम्पत्तीको मुद्दा राष्ट्रिय महिला आयोगमा समेत पुगेको थियो । तर महिला आयोग भने भण्डारीलाई सामान्य जवाफ सोधेर जिम्मेवारीबाट उम्किएको छ । वरिष्ठ अधिवक्ताको डरले आयोगले आफ्नो भूमिकाबाट उम्किएपछि पाण्डे अदालत जाने तयारीमा छिन् । 

यस विषयमा हामीले वरिष्ठ अधिवक्ता भण्डारीसँग लामो कुराकानी गरेका थियौँ । उनले समाचारमा कोट नगर्नु भन्दै लामो कुरा गरेपनि आधिकारीरुपमा भने यो विषयमा समाचारको विषय नभएको, समाचार बनाएमा आफू कानुनी प्रक्रियामा जाने दबाब दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।