नेभिगेशन
मुख्य समाचार

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटाै‌डा । शनिबारबाट शुरु भएको हेटौंडा बजारको सडक विस्तार कार्य आउँदो मंसिर २६ गते शुक्रबारसम्मको लागि स्थगन भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले गत मंसिर ५ गते जारी गरिएको सूचना र सो सूचनाको आधारमा गरिएको सडक विस्तार कार्यको सन्दर्भमा अल्पकालिन आदेश दिएकाले २६ गतेसम्मको लागि स्थगन गरिएको जनाएको छ ।

a7a13380-6a66-4178-aeea-342113ce972d-1765107474.jpg
सडक डिभिजन कार्यालयले सर्वोच्च अदालतकै २०८० पुष १७ गतेको न्यायाधीश सुनिलकुमार पोखरेलको आदेशले सडकको दायाँबायाँ २५÷२५ गज सडक सीमा रहेको व्याख्या अनुरुप शुक्रबारबाट सडक विस्तार कार्य अघि बढाएको थियो । 

CG

73ffc607-5f76-46d4-9455-c1e615e9d2e4-1765107552.jpg
सडक डिभिजनले गत मंसिर ५ गते जारी गरेको सूचनाको विरुद्धमा गत मंसिरमा १६ गते दायर गरेको रिटमाथि गत मंसिर १९ गते शुक्रबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर शुक्रबारको आदेश आइतबार मात्रै आधिकारिक रुपमा आएकाले हिजो शनिबार सडक विस्तार कार्य भएको थियो । 
शुक्रबारको अल्पकालिन आदेशको पत्र छ

अदालतले मंसिर २६ गते अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित गरेको आदेशको पत्र आइतबार १२ बजेर ४६ मिनेटमा सडक डिभिजन कार्यालय हेटौंडामा म्याद तामेल दर्ता भएपछि विस्तारको कार्य स्थगन गरिएको हो । आउँदो २६ गतेको छलफलपछि आएको आदेश अनुसार हुने सडक सिडभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् ।  

8ee2387b-e67e-4d3f-a8c6-9dfd873e62c8-1765107575.jpg
सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१ घरटहरा २५ गजभित्र निर्माण भएका छन् । घरधनीहरुले घरटहरा हटाउने भए मुआब्जा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् । 

सम्बन्धित समाचार:

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप...

भर्खरै