नेभिगेशन
समाज

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटाै‌डा । शनिबारबाट शुरु भएको हेटौंडा बजारको सडक विस्तार कार्य आउँदो मंसिर २६ गते शुक्रबारसम्मको लागि स्थगन भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले गत मंसिर ५ गते जारी गरिएको सूचना र सो सूचनाको आधारमा गरिएको सडक विस्तार कार्यको सन्दर्भमा अल्पकालिन आदेश दिएकाले २६ गतेसम्मको लागि स्थगन गरिएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

a7a13380-6a66-4178-aeea-342113ce972d-1765107474.jpg
सडक डिभिजन कार्यालयले सर्वोच्च अदालतकै २०८० पुष १७ गतेको न्यायाधीश सुनिलकुमार पोखरेलको आदेशले सडकको दायाँबायाँ २५÷२५ गज सडक सीमा रहेको व्याख्या अनुरुप शुक्रबारबाट सडक विस्तार कार्य अघि बढाएको थियो । 

Ncell
Extreme Energy

73ffc607-5f76-46d4-9455-c1e615e9d2e4-1765107552.jpg
सडक डिभिजनले गत मंसिर ५ गते जारी गरेको सूचनाको विरुद्धमा गत मंसिरमा १६ गते दायर गरेको रिटमाथि गत मंसिर १९ गते शुक्रबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर शुक्रबारको आदेश आइतबार मात्रै आधिकारिक रुपमा आएकाले हिजो शनिबार सडक विस्तार कार्य भएको थियो । 
शुक्रबारको अल्पकालिन आदेशको पत्र छ

अदालतले मंसिर २६ गते अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित गरेको आदेशको पत्र आइतबार १२ बजेर ४६ मिनेटमा सडक डिभिजन कार्यालय हेटौंडामा म्याद तामेल दर्ता भएपछि विस्तारको कार्य स्थगन गरिएको हो । आउँदो २६ गतेको छलफलपछि आएको आदेश अनुसार हुने सडक सिडभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् ।  

8ee2387b-e67e-4d3f-a8c6-9dfd873e62c8-1765107575.jpg
सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१ घरटहरा २५ गजभित्र निर्माण भएका छन् । घरधनीहरुले घरटहरा हटाउने भए मुआब्जा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् । 

सम्बन्धित समाचार:

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।